महेन्द्रनगर-कंचनपुरमा डिशहोम फाईबरनेटको औपचारिक सुरुवात

  • Technology Khabar | १४ श्रावण २०८०, आईतवार
महेन्द्रनगर-कंचनपुरमा डिशहोम फाईबरनेटको औपचारिक सुरुवात

काठमाडौं ।

डिश मिडिया नेटवर्क लि (डिश होम ) ले महेन्द्रनगर-कंचनपुरमा डिशहोम फाईबरनेट को औपचारिक सुरुवात गरेको छ।

२०७८ फागुनदेखि डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टी प्रपोजले गर्नेछ।

विगत लामो समय देखि डिशमिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा ग्राहकहरु माझ पुर्याउँदै आएको रोयल मल्टी प्रपोजलेअब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिने जनाएको छ।

८५० सय भन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको कम्पनीले अझ बढी ग्राहकहरूकोमाझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले जानकारी दिए।

साउन १२ गते सोरुम उद्घाटनमा डिशहोमका तर्फवाट कार्यकारी उपाध्यक्ष रमेश सापकोटा रेभेन्यू एण्ड कलेक्सनका प्रमुख उज्जल न्यौपाने, क्षेत्रिय सेल्स म्यानेजर बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा सम्पन्न भएको जनाएको छ।

प्रकाशित: १४ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार