धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने पक्राउ

  • Technology Khabar | १४ श्रावण २०८०, आईतवार
धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउने पक्राउ

काठमाडौं ।

धनुषा प्रहरीले धार्मिक स्थलमा अश्लील टिकटक भिडियो बनाउनेलाई पक्राउ गरेको छ।

जनकपुरधामस्थित जानकी मन्दिरको विवाहमण्डपमा अश्लील टिकटक भिडियो बनाउने औरही गाउँपालिका–६, पोखरभिन्डाका १८ वर्षीय अनुरुद्ध यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकी मन्दिरको विवाहमण्डप जस्तो धार्मिक स्थलमा अश्लील हर्कत देखाएर टिकटक भिडियो बनाएको अभियोगमा यादवलाई पक्राउ गरिएको बताए।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि भिडियो बनाउनेको खोजतलास गरिएको जानकारी दिँदै उनले टिकटकमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिसमेतको खोजी भइरहेको बताए।

प्रकाशित: १४ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १४ श्रावण २०८०, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १४ श्रावण २०८०, आईतवार

NOC from Nagarik App

  • १४ श्रावण २०८०, आईतवार

E-pension verification system launched

  • १४ श्रावण २०८०, आईतवार