
काठमाडौं ।
कालीगण्डकी गाउँपालिकाले तीन वर्षभित्र ग्यास सिलिन्डर र दाउराको चुलोबाट मुक्त बनाउने भन्दै इन्डक्सन चुलो वितरण सुरु गरेको छ।
गाउँपालिकाले “एक घर एक विद्युतीय चुलो वितरण गरेर ग्यास
सिलिन्डरमुक्त पालिका बनाउने अभियान अगाडि बढाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले पालिकाले पहिलो चरणमा १६ एम्पियर क्षमता बराबरको मिटर जडान गरी मापदण्ड पूरा गरेर विद्युत् पुगेका १६१ घरधुरीलाई इन्डक्सन चुलो वितरण गरेको बताए। उनले न्यूनतम विद्युत् महसुल निःशुल्क र ग्यास सिलिन्डर र दाउरा चुलोमुक्त बनाउन थालेको उल्लेख गरे।
गाउँपालिकाका अध्यक्ष खिम थापाले धुरहित पालिका हाम्रो लक्ष्य, उच्च विद्युतीय प्रयोग हाम्रो उद्देश्य हो भन्ने नाराका साथ इन्डक्सन चुलो वितरण गरिएको बताए। उनले चालु. आर्थिक वर्षमा चार हजार ७२५ घरधुरीमा इन्डक्सन चुलो पुयाउने बताए। गोरखापत्रबाट
प्रकाशित: १४ श्रावण २०८०, आईतवार