Technology Khabar १२ श्रावण २०८०, शुक्रबार
काठमाडौं ।
नेपालमा क्यासपरस्की एन्टिभाइरसका ३ नयाँ प्रडक्ट सार्वजनिक भएका छन् । नेपालका लागि क्यासपरस्की एन्टिभाइरसको आधिकारिक बिक्रेता सागर ग्रुपले नेपालमा ३ प्रडक्ट लन्च गरेको हो।
क्यासपरस्कीका ३ प्रडक्ट क्यासपरस्की स्ट्याण्डर्ड, क्यासपरस्की प्लस र क्यासपरस्की प्रिमियम उपलब्ध भएको बिहिबार आयोजित एक कार्यक्रममा जानकारी दिईयो।
क्यासपरस्की एन्टिभाइस विन्डोज, म्याक, एनड्रोइड र आईओएसमा प्रयोग गर्न सकिने छ।
क्यासपरस्की दक्षिण एशियाका बिक्री प्रमुख पुरूषोतम भाटियाले क्यासपरस्की नेक्स्ट जेनेरेसनको साइबर सक्युरिटी सोलुसन भएको दाबी गरे।
क्यासपरस्की स्ट्याण्डर्डको मूल्य ९९९ रूपैयाँ तोकिएको छ भने ३ वटा डिभाइसका लागि १९९९ रूपैयाँ तोकिएको छ।
यस्तै क्यासपरस्की प्लसमा वार्षिक मूल्य १९९९ रूपैयाँ तोकिएको छ भने ३ वटा डिभाइसका लागि वार्षिक मूल्य ३४९९ रूपैयाँ पर्नेछ।
क्यासपरस्की प्रिमियम एउटा डिभाइसका लागि वार्षिक ३४९९ रूपैयाँ तिर्नुपर्ने छ भने ३ वटा डिभाइसमा प्रयोग गर्न वार्षिक ५४९९ रूपैयाँ तिर्नुपर्ने जनाएको छ।
प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार