सानिमा बैंकले ल्यायो सानिमा फाइभ इन वान सेवा, अनलाइन प्लेटफर्म मार्फत खोल्न सकिने

  • Technology Khabar | १२ श्रावण २०८०, शुक्रबार
सानिमा बैंकले ल्यायो सानिमा फाइभ इन वान सेवा, अनलाइन प्लेटफर्म मार्फत खोल्न सकिने

काठमाडौं ।

सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा फाइभ इन वान (5 in 1) सेवा सार्वजनिक गरेको छ।

सानिमा फाइभ इन वान सेवा सानिमा थ्री इन वान खाताको परिष्कृत गरिएको खाताको नयाँ स्वरुप हो । यस सेवामा बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको संयोजन रहेको छ।

सानिमा बैंकले सानिमा क्यापिटलसँगको सहकार्यमा यो सेवा प्रदान गरेको हो। यस सेवाले बैंकको वेबसाइटमा उपलब्ध अनलाइन प्लेटफर्म मार्फत डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा, मेरो शेयर र दोस्रो बजारबाट शेयर खरिद तथा बिक्री गर्न बैंकका नयाँ तथा पुराना ग्राहकहरूलाई सहज बनाउँछ।

सानिमा बैंकले ग्राहकहरूलाई सहज र सरल रुपमा डिजिटल शेयर ट्रेडिंग प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले यो पहल गरेको जनाएको छ।

प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार