इलन मस्कले ब्रान्डहरूलाई भने- एक्समा मासिक एक हजार डलर दिनुस्, अन्यथा गोल्डेन टिक बिर्सनुस्

  • Technology Khabar | १२ श्रावण २०८०, शुक्रबार
इलन मस्कले ब्रान्डहरूलाई भने- एक्समा मासिक एक हजार डलर दिनुस्, अन्यथा गोल्डेन टिक बिर्सनुस्

काठमाडौं ।

हालै आफूलाई एक्समा बदलेको ट्विटरमा कुनै पनि ब्रान्डले अब आफ्नो खातामा गोल्डेन टिकको लागि कम्तिमा १ हजार डलर मासिक शुल्क तिर्नुपर्नेछ। इलन मस्कको नेतृत्वमा रहेको ट्विटर वा (अब एक्स) भनिने सामाजिक संजालले ब्रान्डलाई हरेक महिना यति धेरै सदस्यता शुल्क नदिने हो भने गोल्डेन टिक बिर्सनुपर्ने स्पष्ट पारेको छ।

अगस्ट ७ देखि, निश्चित खर्च सीमाहरू पूरा नगरेका विज्ञापनदाताहरूले आफ्नो आधिकारिक ब्रान्ड खाता प्रमाणीकरण गुमाउने द भर्जले रिपोर्ट गर्छ।

प्रतिवेदनका अनुसार, ब्रान्डहरूले खाता प्रमाणित ब्रान्डको हो भनी सङ्केत गर्ने गोल्डेन चेकमार्क कायम राख्न पछिल्लो ३० दिनमा विज्ञापनहरूमा कम्तिमा १ हजार डलर वा पछिल्लो १८० दिनमा ६ हजार डलर खर्च गरेको हुनुपर्छ। मस्कले भनेअनुसार थोरै बढी शुल्क लागू गर्नु भनेको प्लेटफर्ममा लाखौं खाताहरू सिर्जना गर्ने स्क्यामरहरूको संख्या कम गर्न मद्दत गर्ने उपाय हो।

जुलाईको सुरुमा, इलन मस्कले विज्ञापन राजस्वमा ५० प्रतिशत गिरावट र ठूलो ऋणपछि पनि ट्विटर खतरामा रहेको बताएका थिए। विज्ञापनबाट हुने आम्दानीमा ५० प्रतिशतले कमी आएको र ऋणको ठूलो बोझका कारण हामी अझै ऋणात्मक नगद प्रवाहमा रहेको उनले बताए।

टेस्ला र स्पेसएक्सका सीईओ मस्कले गत वर्ष अक्टोबरमा ४४ बिलियन डलरमा ट्विटर खरिद गरेका थिए, जसमा करिब १३ अर्ब डलर ऋण पनि समावेश छ।

प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...