भारतमा ओला एस वान एयर इलेक्ट्रिक स्कुटरको बुकिङ खुल्ला

  • Technology Khabar | १२ श्रावण २०८०, शुक्रबार
भारतमा ओला एस वान एयर इलेक्ट्रिक स्कुटरको बुकिङ खुल्ला

काठमाडौं ।

ओला इलेक्ट्रिकले एस वान एयर इलेक्ट्रिक स्कुटरको खरिद विन्डो एक दिन अघि सुरु गरेको छ। कम्पनीका सीईओ भाविष अग्रवालले एक लाइभ वेबकास्ट मार्फत बुकिङ एक दिन पहिले सुरु गर्ने घोषणा गरेका हुन्।

ओलाले यस अघि २८ जुलाईदेखि एस वान एयरको बुकिङ खुल्ला गर्ने बताएको थियो। तर कम्पनीले २७ जुलाईमै बिक्री खुल्ला गरेको हो।

बुकिङ सुरु भएसँगै एस वान एयर इलेक्ट्रिक स्कुटरले ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ। बिक्री खुलेको एक घण्टामा एस वान एयरको एक हजार यूनिट बुक भएको छ। केही घण्टामा बढेर ३ हजार यूनिट पुगेको थियो।

अहिले एस वान एयर बुकिङ गर्ने ग्राहकले १ लाख ९ हजार ९९९ भारुको सुरुवाती मूल्यमा स्कुटर प्राप्त गर्ने कम्पनीले घोषणा गरेको छ। स्कुटर खरिद गर्ने समय अवधि सिमित छ र यो २७ जुलाईदेखि ३० जुलाईसँग खुल्ला रहनेछ।

त्यस पछि अन्य ग्राहका लागि खरिद विन्डो ३१ जुलाईदेखि सुरु हुनेछ। यसका लागि १ लाख १९ हजार ९९९ भारु तिर्नु पर्नेछ र डेलिभरी अगष्टदेखि सुरु हुन सक्छ। पछिल्लो समय कम्पनी लगातार रुपमा ओला एस वान एयर परीक्षणमा रहेको थियो र केही समय अघि मात्र यसको बारेमा खुलासा गरेको थियो।

केही कम फिचर्स र मूल्यका साथ उपलब्ध ओला एस वान एक अर्बन इलेक्ट्रिक स्कुटर हो। ३ किलोवाट क्षमताको ब्याट्रीले १२५ किलोमिटर रेञ्ज प्रदान गर्छ।

ओला एस वान एयर इलेक्ट्रिक स्कुटरले ९० किलोमिटर प्रति घण्टाको टप स्पीड प्रदान गर्छ। एस वान एयर तीन भर्सन २ किलोवाट, ३ किलोवाट र ४ किलोवाट विकल्पमा उपलब्ध छ। यसमा ४।५ किलोवाटको मोटर दिइएको छ। कम्पनीले ओला एस वान एयर इलेक्ट्रिक स्कुटरमा ३ वर्षको वारेन्टी दिएको छ।

प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...