
काठमाडौं ।
एप्पलको एक्शन बटन विवरणहरू आईओएस १७ को कोड भित्र फेला परेको छ।भर्खरैको एक दाबिअनुसार कुपर्टिनोले कम्तिमा अर्को वर्षको लागि परियोजना ल्याउने उल्लेख छ।
अघिल्लो रिपोर्टहरूका आधारमा, एप्पलले आफ्ना आईफोनहरूमा भएका सबै फिजीकल बटनहरूलाई ठोस अवस्थाका साथ तथा आइकोनिक म्युट स्विचलाई एप्पल वाच अल्ट्रामा जस्तै नयाँ “एक्शन बटन”सँग बदल्न चाहेको बताइएको छ।
म्याक रुमर्स मा रहेका मानिसहरूले भर्खरको आईओएस १७ बीटा रिलिज भित्र एक्शन बटनमार्फत पहुँचयोग्य कुल नौ फङ्सनहरू पत्ता लगाएको उल्लेख छ। यसमा स्पष्ट साइलेन्ट मोड समावेश रहेको छ जसले ट्यापमार्फत सबै आवाजहरूलाई टगल गर्ने बताइएको छ।
नयाँ बटनले पहुँच सुविधाहरू, सर्टकटहरू, क्यामरा, फ्ल्यासलाइट, म्याग्निफायर, अनुवाद र भ्वाइस मेमोहरूमा द्रुत पहुँचलाई पनि अनुमति दिनेछ।
यद्दपी, नयाँ रिपोर्टले कसरी एक्सन बटनले प्रयोगकर्ताहरूलाई उल्लिखित सबै पक्षहरूलाई नियन्त्रण गर्न अनुमति दिनेछ भन्ने विवरण नदिएपनि एप्पलले आईफोन १५ प्रो श्रृंखलामा एक्शन बटन ल्याउने बताइएको छ।
प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार