इलेक्ट्रिक कारका कारण ३ हजार कार बोकेको पानी जहाजमा आगलागी

  • Technology Khabar | १२ श्रावण २०८०, शुक्रबार
इलेक्ट्रिक कारका कारण ३ हजार कार बोकेको पानी जहाजमा आगलागी

काठमाडौं ।

डच कोस्टमा ३ हजार कार बोकेको पानी जहाजमा आगलागी भएको छ। यो घटना १९९ मिटर पनामा रजिस्टर्ड फ्रेमेन्टल हाइवेमा भएको हो। जर्मनीबाट इजिप्ट जाँदै गरेको जहाजमा मंगलबार राती आगलागी भएको ड्राइभस्पार्कले लेखेको छ। जहाजका सदस्य आफ्नो ज्यान बचाउन पानीमा हामफलेका थिए।

कार ट्रान्सपोर्टमा प्रयोग हुने जहाजको तौल करिब १८ हजार ५०० टन थियो। जहाजमा राखिएको इलेक्ट्रिक कारको कारण आगलागी भएको बुझिएको छ।

डच ब्रोडकास्टर एनओएसका अनुसार जहाजका सबै क्रू सदस्य भारतीय थिए। जहामा रहेका २३ क्रू सदस्यलाई हेलिकप्टर र ढुंगाको मद्दतबाट उद्दार गरिएको छ। यसमा एक क्रू सदस्यको मृत्यु भएको छ भने अन्य गम्भिर घाइते भएका छन्।

रेस्क्यू जहाजले उक्त जहाजमा लागेको आगो निभाउन पानी हालेको थियो तर अधिक पानीका कारण डुब्ने खतरा बढेको डच कोस्टगार्डले बताएको छ। यसलाई डुब्नबाट बचाउनका लागि अर्को जहाजसँग बाँधिएको छ।

आगो निभाउन धेरै दिन लाग्न सक्छ। एक अधिकारीले भने, आगो माथि नियन्त्रण पाइएको छैन। जहाजमा राखिएको सामानका कारण आगो निभाउन कठिन भइरहेको छ।

कोस्टगार्डका प्रवक्ताले भने, यो जहाज २ हजार ८५७ यूनिट कार रहेको थियो। जसमा २५ यूनिट इलेक्ट्रिक कार छ। इलेक्ट्रिक कारले आगोलाई मद्दत गरिरहेको छ। यस्तो परिस्थितिमा आगोलाई नियन्त्रण गर्न गाह्रो हुन्छ र जहाजमा झनै कठिन हुन्छ।

घाइते क्रू सदस्यहरुको नेदरल्याण्डस्को अस्पतालमा उपचार भइरहेको छ।

समुन्द्र सुरक्षको नियम बनाउने संस्था इन्टरनेशनल मेरीटाइम अर्गनाइाइजेनसले जहाजमा इलेक्ट्रिक सवारी ट्रान्सपोर्ट गर्नका लागि अर्को वर्ष नयाँ नियम बनाउने योजनामा छ। पछिल्लो समय काग्रो जहाजमा आगलागीको घट्ना बढ्दो क्रममा रहेको छ।

प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...