
काठमाडौं ।
सामसङले बुधबार दक्षिण कोरियाको सियोलमा आफ्नो वार्षिक ग्यालेक्सी अनप्याक्ड कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा धेरै नयाँ उत्पादनहरूका साथै लामो समय देखि प्रतिक्षा गरिएको सामसङ ग्यालेक्सी जेड फोल्ड ५ पनि लन्च गरिएको छ।
ग्यालेक्सी जेड फोल्ड ४ मा सानो अपग्रेडको रूपमा डेब्यु गरेको यस नयाँ फोल्डेबलमा नयाँ हिन्ज समावेश गरिएको उल्लेख छ। साथै उक्त नयाँ हिन्जले गर्दा जेड फोल्ड ५ लाई फ्ल्याट रुपमा फोल्ड गर्न सकिने उल्लेख छ। त्यसैगरी फ्ल्यागशिप एस २३ सिरिजको तर्फबाट ग्यालेक्सी चिपको लागि स्न्यापड्रागन ८ जेन २ पनि समावेश गरिएको छ।
डिजाइन र डिस्प्ले
ग्यालेक्सी जेड फोल्ड ५ को रियर (पछाडि) को क्यामरा मोड्युल लास्ट जेन मोडलको जस्तै हुनुका साथै इनग्रेस प्रोटेक्शन (आईपीएक्स८) पनि समान भएको उल्लेख छ। यद्यपी ग्यालेक्सी जेड फोल्ड ५ नयाँ हिन्ज समावेश गरिएको हुनाले उक्त हिन्जले ग्यालेक्सी जेड फोल्ड ५ फोनलाई ग्यालेक्सी जेड ४ भन्दा भिन्न बनाउने उल्लेख छ।
कम्पनीले नयाँ टियरड्रप–सेप्ड (आकार) को हिन्ज रोजेको हुनाले यस नयाँ फोनलाई फ्ल्याटरुपमा बन्द गर्न सकिने छ। साथै यसले गर्दा फोनलाई कुनै पनि कोणमा प्रयोग गर्न दिनेछ। जेड फोल्ड ५ बन्द गर्दा १३.४ एमएम मोटाई मापन गर्छ भने जेड ४ फोन १४.२ एमएम मोटो थियो। त्यसैगरी ग्यालेक्सी जेड फोल्ड ५ तौल २६३ ग्राम रहेको र जेड फोल्ड ४ भन्दा १० ग्राम हल्का भएको उल्लेख छ।
फोनको डिस्प्लेमा पनि खासै धेरै परिवर्तन नभएको उल्लेख गरिएको छ। आउटर (बाहिरी) डिस्प्ले ६.२ इन्च मापन गर्दछ भने २३१६x९०४ पिक्सेल रिजोलुसन प्रदान गर्नेछ। एएमओएलईडी प्यानलमा १२० हर्ज अनुकूलित रिफ्रेस रेट रहेको छ। फोन भित्रको डिस्प्लेमा २१७६x१८१२ पिक्सेल रिजोल्युसनको साथ ७.६ इन्च डायनामिक एएमओएलईडी २ए क्स र एक अनुकूली १२० हर्ज रिफ्रेस रेट रहेकोछ। साथै मुख्य स्क्रिन १,७५० निट्सको पिक ब्राइटनेस पुग्न सक्ने उल्लेख छ।
क्यामरा र अन्य विशेषताहरू
नयाँ ग्यालेक्सी जेड फोल्ड ५ स्न्यापड्रागन ८ जेन २ मोबाइल प्लेटफर्मद्वारा संचालित हुनेछ । त्यसैगरी क्यामरा सिस्टममा पनि कुनै परिवर्तन गरिएको छैन् ग्यालेक्सी जेड फोल्ड ५ मा मुख्य ५० मेगापिक्सेलको प्राइमरी शूटर, ५० मेगापिक्सेलकै वाइड–एंगल सेन्सर र १० मेगापिक्सेलको जुम क्यामरा समावेश गरिएको छ। सेल्फीहरूको लागि कभर स्क्रिनमा वाइड १० मेगापिक्सेलको शूटर र भित्री भागमा ४ मेगापिक्सेलको अन्डर–डिस्प्ले क्यामरा रहेको छ।
सामसङ ग्यालेक्सी जेड फोल्ड ५ मा ४,४००एमएएच ब्याट्रीको सामावेश गरिएको उक्त ब्याट्रीले २५ वाटको वायर्ड (तार) र १५ वाटको वायरलेस चार्जिङ्ग समर्थन गर्नेछ। साथै सफ्टवेयरको फ्रन्टमा यसले पुनः डिजाइन गरिएको टास्कबार, टु–ह्याण्ड ड्र्याग–एन्ड–ड्रप फिचरको साथमा एन्ड्रोइड १३–बेस्ड (आधारित) वान यूआई ५.१.१ संचालन गर्ने उल्लेख छ। त्यसैगरी फोल्डेबल एस पेनलाई पनि ४० प्रतिशत पातलो बनाइएको छ।
मूल्य र उपलब्धता
सामसङ ग्यालेक्सी जेड फोल्ड ५ बुधबार देखि सिमित बजारहरूमा पूर्व–अर्डरका उपलब्ध भएको र आगामी अगस्ट ११ बाट ढुवानी सुरु हुने उल्लेख छ। साथै फोन आइसाइ ब्लू, फ्यान्टम ब्ल्याक र क्रीममा गरी तीन भिन्न रङ्गहरमा उपलब्ध छ।
ग्यालेक्सी जेड फोल्ड ५ को २५६जीबी भेरियन्टको मूल्य १,७९९अमेरिकी डलर, ५१२जीबी भेरियन्टको मूल्य १,९१९ अमेरिकी डलर, र १टीबी स्टोरेज अप्सन (भण्डारण विकल्प) को मूल्य २,१५९ अमेरिकी डलर रहेको उल्लेख छ।
सामसङको नयाँ फोल्डेबल डिभाइसहरु नेपाली बजारमा कहिले आउँछ भन्ने कुनै जानकारी छैन्। यस्तै यसको मूल्य कति हुनेछ भन्नेपनि स्पष्ट छैन्।
प्रकाशित: ११ श्रावण २०८०, बिहीबार