Technology Khabar ११ श्रावण २०८०, बिहीबार
काठमाडौं ।
नेपालको लागि हिताची होम अपलायन्सको आधिकारिक वितरक,युनिभर्सल इलेक्ट्रोकम प्रा.लिले थप चारवटा विशेष होमअपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ।
हिताचीका नयाँ उत्पादनहरुको उद्घघाटन संयुक्तरुपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको छ।
कम्पनिले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधियुक्त दुई वासिंग मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकर सहित चारओटा नयाँ हिताचीका उत्पादनहरू बजारमा भित्राएको छ।
नवीन प्रविधि युक्त वासिंग मेशीन
हिताची वासिंग मेसिन नयाँ अनावरणको मुख्य आकर्षण रहेको छ । यसमा प्रयोगकर्ता–मैत्री डिजाइन को साथमा साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरू समावेश गरिएको छ। यस वासिंग मेसिन दुई ओटा भिन्न मोडलहरुमा उपलब्ध हुने छन्–जसमा ८ केजीको क्षमतामा रहेको छ भने ९ केजीको क्षमतामा रहेको छ। यी दुवै मोडेलहरुमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको छ जसले गर्दा झन्झटमुक्त लुगा धुने अनुभव प्रदान गर्नेछ। साथमा स्टीम फंक्शन, ट्याङ्गल–फ्री फिनिश डिजाइन, र “एड गार्मेन्ट ड्युरिङ वाश” सुविधाको साथ, लुगा धुन अझै सजिलो हुनेछ।
यी दुवै फ्रन्ट–लोडिङ, पूर्ण स्वचालित वासिंग मेसिनहरू, नवीन प्रविधि र प्रयोगकर्ता–केन्द्रित सुविधाहरूको संयोजनको साथ डिजाइन गरिएको छ जसले गर्दा कपडा धुने अनुभवलाई पुनः परिभाषित गर्नेछ । यी वासिंग मेसिनहरूले दाग–धब्बा हटाउने, प्रि–वास र बेबी केयर विकल्पहरू सहित १६ विभिन्न प्रोग्रामहरूको साथ लुगा धुने मागहरूको विस्तृत दायरा पूरा गर्छन् । अटो डोर क्लीन विशेषताले सफाई र स्वच्छता कायम राख्छ, जबकी एन्टी–रिङ्कल विशेषताले कपडालाई पूर्ण रूपमा इस्त्री गरेको सरह मुलायम र जुनै समयमा लगाउनको लागि तयार राख्छ।
अत्याधुनिक रेफ्रिजरेसन समाधान
हिताची डबल–डोर फ्रिज, मोडेल आधुनिक रेफ्रिजरेसन प्रविधिको चमत्कार हो । खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर, यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्दछ । यो रेफ्रिजरेटरमा २७५ लिटरको विशाल क्षमता छ , चिसो हावा वितरणको लागि राउण्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टर जडित छ । फ्लेक्सिबल फ्रेश सेलेक्ट फिचरले उपभोक्ताहरूलाई आफ्नो भण्डारण आवश्यकताहरू पूरा गर्न फ्रिजको खण्डलाई रुचि अनुसार निजीकृत गर्न सहज बनाउँछ । फ्रिजमा तातो र स्क्र्याच–प्रतिरोधी टेम्पर्ड ग्लास शेल्फहरू पनि छन जसले गर्दा यी फ्रिजहरुको व्यावहारिकता र फैशनेबल अपीललाई थप बढाउँछ । यसमा रहेको प्रत्येक सेल्फहरुमा १०० के. जी. सम्मको भार थेग्न सक्ने क्षमता रहेको छ ।
राइस कुकरको साथ खाना पकाउने सरलता
हिताची राइस कुकर, मोडल, हालै मात्र थपिएको हिताचीको नयाँ उत्पादन हो । यसको उत्पादन खाना पकाउने दिनचर्यालाई अझै सहज र सजिलो बनाउन गरिएको हो । यो ८००–वाट को राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ र यसमा रहेको हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्दछ।
१२ –घण्टा सम्म खाना ताती रहने विशेषताले खानालाई दिनभर तातो र ताजा राख्छ भने १.५ मिमी नन–स्टिक भित्री भाँडोले खाना पस्किन र सरलताका साथ सफाई गर्न मदत गर्दछ । यसका सरल फंङ्सन बटनहरू,डिस्प्ले र स्वचालित यान्त्रिक खाना पकाउने विधिले गर्दा, जसले पनि निर्बाध तरिकाले स्वादिष्ट खान पकाउन सक्छन्।
प्रकाशित: ११ श्रावण २०८०, बिहीबार