भिजि ईम्पेक्स र एभरेष्ट बैंकबीच सम्झौता, ईलेक्ट्रिक गाडी ओरा०३ को फाइनान्समा १०.८ प्रतिशत ब्याजदर

  • Technology Khabar | ११ श्रावण २०८०, बिहीबार
भिजि ईम्पेक्स र एभरेष्ट बैंकबीच सम्झौता, ईलेक्ट्रिक गाडी ओरा०३ को फाइनान्समा १०.८ प्रतिशत ब्याजदर

काठमाडौं ।

नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरक भि.जि. ईम्पेक्स प्रालिले एभरेष्ट बैंक लिमिटेडसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको छ।

उक्त सम्झौतामा आज भि.जि.ईम्पेक्स–जि.डब्लु.एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंकका उप–महाप्रबन्धक गौरव कुमारले जि.डब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन्।

जि.डब्लु.एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ, यो सहकार्य गरिएको हो। यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्ने बताईएको छ।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट च्इक्ष् (ब्याजदर ) सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ। ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत रहनेछ।

जि.डब्लु.एमका इलेक्ट्रिक गाडीको लागि ब्याजदर मात्र बीआर प्लस २ प्रतिशत (११.३०% को प्रभावकारी ब्याज दर) रहनेछ।

जि.डब्लु.एमका आईसी मोडेलको गाडीको लागि ब्याजदर मात्र बीआर प्लस २.५०% (११.८० % को प्रभावकारी ब्याज दर) रहनेछ।

जि.डब्लु.एमका इलेक्ट्रिक गाडी (इभी) को लोन–टु–भ्यालु (लोन–टु–भ्यालु/बैंक फाइनान्स) मा ५०% सम्मको लगानीमा ब्याजदरमा थप ०.५०% छुट उपलब्ध गराइएको छ। सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५०% निर्धारित गरिएको छ।

ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्ने जनाएको छ।

प्रकाशित: ११ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार