सामसङ ग्यालेक्सी ट्याब एस९ अल्ट्रा लन्च, १६ जीबी र्याम र १ टीबी स्टोरेज

  • Technology Khabar | ११ श्रावण २०८०, बिहीबार

काठमाडौं ।

सामसङले आफ्नो ट्याबअन्तरगतको ग्यालेक्सी ट्याब एस ९ सिरिज मंगलबार सार्वजनिक गरेको छ। सामसङ ग्यालेक्सी ट्याब एस ९ सिरिजमा स्ट्याण्डर्ड, प्लस र अल्ट्रा भेरियन्टहरू समावेश रहेका छन्। त्यसमध्ये ट्याब एस९ अल्ट्रा हाई–इन्ड स्पेसिफिकेसन्स (विशिष्ठताहरू) को साथ एक टप–अफ–द–लाइन मोडल रहेको छ।

साथै यो नयाँ ट्याब एस९ अल्ट्रा गत वर्षको ट्याब एस८ अल्ट्राको उत्तराधिकारीकारुपमा ल्याइएको हो।

यसको डिस्प्लेको कुरा गर्दा, ग्यालेक्सी ट्याब एस९ अल्ट्रामा १४.६ इन्चको डायनामिक एएमओएलईडी स्क्रिनको साथमा बायाँ बेजेलमा नच रहेको उल्लेख गरिएको छ। डिस्प्लेले डब्लुक्यूएक्सजीए प्लस रिजोल्युसन, १२० हर्ज रिफ्रेस रेट, अप्टिकल फिङ्गरप्रिन्ट स्क्यानर प्रदान गर्नुका साथै एस–पेनलाई समर्थन पनि गर्नेछ। उक्त एस–पेनलाई साइड फ्रेममा म्याग्नेटिकल्ली एट्याच्ड (चुम्बकीय रूपमा) जोड्न सकिने र ब्याक प्यानलको भर्टिकल (ठाडो) स्ट्रिपमा चार्ज गर्न सकिने छ।

त्यसैगरी ग्यालेक्सी ट्याब एस९ सिरिज ट्याब्लेट्स आईपी६८ डस्ट र वाटर–रेजीस्टेन्ट रेटिङ्ग फिचर गरिने पहिलो ट्याब्लेट्स भएको उल्लेख छ।

सामसङ ग्यालेक्सी ट्याब एस९ अल्ट्राको पछाडिको प्यानलमा दुई ओटा प्रोट्रुडिङ्ग क्यामरा सेन्सर्स समावेश गरिएको उल्लेख छ। उक्त डुअल क्यामरा सेटअपमा ८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल लेन्ससँग जोडिएको १३ मेगापिक्सेलको मुख्य सेन्सर समावेश रहेको छ। साथै अगाडिको नचमा भने १२ मेगापिक्सेलको प्राइमरी र अर्को १२ मेगापिक्सेलकै अल्ट्रा वाइड एंगल लेन्स समावेश रहेको उल्लेख छ।

सामसङ ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा स्न्यापड्रागन ८ जेन २ प्रोसेसरबाट सुसज्जित रहेको छ। साथै यस ट्याब एस९ अल्ट्रामा १६ जीबी र्याम र १ टीबी अनबोर्ड स्टोरेज रहेको र उक्त स्टोरेजलाई माइक्रोएसडी कार्ड स्लट मार्फत विस्तार गर्न मिल्नेछ।

ट्याब्लेटले ११,२००एमएएच ब्याट्री एकाइबाट पावर ड्र (शक्ति तान्ने) र ४५ वाटको फास्ट चार्जिङ्गलाई समर्थन गर्ने उल्लेख छ। यस ट्याब एस९ अल्ट्रा वनयूआई ५.१ आधारित एन्ड्रोइड १३ ओएस मा चल्ने उल्लेख गरिएको छ।

सामसङ ग्यालेक्सी ट्याब एस९ अल्ट्राको मूल्य र उपलब्धता

सामसङ ग्यालेक्सी ट्याब एस९ अल्ट्राको १२जीबी प्लस २५६ जीबी वाईफाई भेरियन्टको मूल्य १,१९९ अमेरिकी डलर रहेको छ। त्यसैगरी १२ जीबी प्लस ५१२ जीबी वाईफाई मोडलको मूल्य १,२९९ पाउन्ड स्टर्लिंग रहेको छ भने १ टीबी वाईफाई संस्करणको मूल्य १,५४९ पाउन्ड स्टर्लिंग रहेको उल्लेख छ।

समान कन्फिगरेसनका ५जी संस्करणहरूको मूल्य भने क्रमशः १,३४९, १,४४९, र १,१६९ पाउन्ड रहेको छ। साथै आगामी अगस्ट ११ देखि ट्याब्लेटको खुला बिक्रीको सुरु हुने र प्रि–अर्डरको लागि तयार भइसकेको उल्लेख छ।

नयाँ ट्याबलेट बेज र ग्रेफाइट रङ्गहरूमा उपलब्ध भएको उल्लेख गरिएको छ।

प्रकाशित: ११ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार