भारतीय फुड डेलिभरी कम्पनी स्विगीले लन्च गर्याे क्रेडिट कार्ड

  • Technology Khabar | ११ श्रावण २०८०, बिहीबार
भारतीय फुड डेलिभरी कम्पनी स्विगीले लन्च गर्याे क्रेडिट कार्ड

काठमाडौं ।

भारतीय फुड डेलिभरी कम्पनी स्विगीले क्रेडिट कार्ड लन्च गर्ने भएको छ।  कम्पनीले संलग्नता र अवधारणलाई ड्राइभ गर्न आफ्नो प्रयासलाई फराकिलो बनाउँदै नयाँ सेवा बिस्तार गरेको हो।

याे आफ्ना ग्राहकहरूलाई क्रेडिट कार्ड प्रदान गर्ने सबैभन्दा नयाँ भारतीय स्टार्टअप भएको बताइएको छ। बैङ्गलोरमा मुख्यालय रहेको स्टार्टअपले भारतको सबैभन्दा ठूलो निजी बैंक, एचडीएफसीबैंकसँगको सहकार्यमा क्रेडिट कार्ड सुरु गर्ने उल्लेख छ।

“क्रेडिट कार्डले ग्राहकहरूलाई स्वीगीमा खर्च गर्दा १० प्रतिशत क्यासब्याक र अमेजन, एडीडास, जारा, फ्लीपकार्ट, नाइकी, उबर तथा बुक माइ सो लगायत १,००० भन्दा बढी साझेदार प्लेटफर्महरूमा ५ प्रतिशत  क्यासब्याक प्रदान गर्नेछ”, स्विगीले बताएको छ।

मास्टरकार्डद्वारा सञ्चालित कार्डले स्विगी वानको तीन महिनाको सदस्यता पनि प्रदान गर्नेछ,जुन सेवाले डेलिभरी शुल्कहरू डिस्काउन्ट गर्ने तथा अन्य सबै खर्चहरूमा १ प्रतिशत क्यासब्याक दिनेछ। यसले मास्टरकार्डका केही फाइदाहरू पनि विस्तार गर्ने स्विगीले भन्यो।

यसका साथमा स्विगी हालैका वर्षहरूमा क्रेडिट कार्ड लन्च गर्ने गैर-फिनटेक भारतीय स्टार्टअपहरूको लामो सूचीमा सामेल हुने उल्लेख छ। क्रेडिट कार्डहरूले स्टार्टअपहरूलाई राजस्वका बाटोहरु विविधीकरण गर्न, ग्राहक डाटाको राम्रो प्रयोग गर्न र खर्च गर्न उत्प्रेरित गर्ने अवसर दिने बताइएकाे छ।

यी कार्डहरूले प्राय:अनुकूल लाभहरूले भरिएका, ग्राहकहरूको वफादारीलाई गहिरो बनाउने तथा देशको बढ्दो मध्यम-वर्ग बजारमा एक आकर्षक गेटवे प्रदान गर्ने बताइएकाे छ। यसले तीव्र प्रतिस्पर्धात्मक परिदृश्यमा वृद्धिलाई बलियो बनाउने विश्लेषकहरूले बताए।

भारतमा स्विगीको सार्वजनिकरूपमा सूचीबद्ध प्रमुख प्रतिद्वन्द्वी जोमाटोले पनि विगतमा यस्तै प्रस्तावहरू गरेको उल्लेख छ।

प्रकाशित: ११ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...