
काठमाडौं ।
सामाजिक सञ्जाल टिकटक र फेसबुकमार्फत हुने व्यापार ईकमर्शमा नपर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले बताएका छन्। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा मन्त्री रिजालले सामाजिक सञ्जालमार्फत गरिने व्यापार ईकमर्शमा नपर्ने बताएका हुन्।
‘ईकमर्शमा आवद्ध हुन चाहँदैन भने बाध्यकारी छैन,’ मन्त्री रिजालले भने, ‘सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर गरिने व्यापारलाई कानुनले रोकेको छैन।’
मोबाइल एप, वेबसाइट तयार गरेर ईकमर्शमा आवद्ध भएर कारोबार गर्नेहरु मात्र यो कानुन अन्तर्गत पर्ने उनले बताए। ठगिने र ठग्ने दुवैलाई नियमन गर्न कानुन ल्याउन लागिएको उनको दाबी छ।
अर्कोतर्फ उद्योग सचिव मधुकुमार मरासिनीले भने सामाजिक सञ्जालमार्फत कुनै वस्तु विक्री वितरण गरिए यस विधेयकमा भएको कानुन आकर्षित हुन सक्ने बताए।
प्रकाशित: १० श्रावण २०८०, बुधबार