
काठमाडौं ।
भारतका कुल ७ इलेक्ट्रिक सवारी निर्माता कम्पनीलाई सरकारले फेम २ स्कीम फिर्ता गर्ने समयावधि दिएको छ। केन्द्र सरकारले यी ईभी कम्पनीलाई भारु ४६९ करोड फिर्ता गरेको भनेको हो।
यसमा हिरो, ओकिनावा, अम्पीयर, रिभोल्ट मोटर्स, बोन्लिंग, इन्डिया, एमो मोबिलिटी तथा लोहिया अटो सहित ७ इलेक्ट्रिक सवारी निर्माता कम्पनी छन्। यी कम्पनीले फेम २ स्कीम नियम उल्लंघन गरेको सरकारको भनाई छ। यस स्कीम अन्तर्गत ती कम्पनीलाई प्रदान गरिएको छुट फिर्ता गर्न सरकारले निर्देशन दिएको छ। यसका लागि सरकारले कडा रवैया अपनाउन ड्राइभस्पार्कले उल्लेख गरेको छ।
सरकारको यस निर्णयबाट उत्पादनकर्तालाई कुनै प्रभाव नपर्ने हिरो इलेक्ट्रिकले बताएको छ।
ईभी निर्मातासँग रकम फिर्ता गर्नका लागि दुई हप्ता भन्दा कम समय छ र ती कम्पनीले भविष्यमा यस स्कीमको लाभ प्राप्त हुने छैन। रिपोर्टका अनुसार उद्योग मन्त्रालयले १२ ईभी निर्माता विरुद्ध फेम स्कीम मार्फत प्राप्त हुने सब्सिडीमा चलखेल गरेको आशंकामा जाँच सुरु गरेको थियो।
यी इलेक्ट्रिक सवारी कम्पनीले नियम उल्लंघन गरेर यस स्कीमको लाभ लिएको जाँचमा पाईएको थियो। फेम २ स्कीम लोकल निर्मित ईभी उपकरणका उपयोग गरेर इलेक्ट्रिक सवारी उत्पादन गर्ने कम्पनीका लागि छुट दिनका लागि ल्याइएको थियो।
जाँच शुरु गरिएको १२ कम्पनी मध्ये ७ ईभी निर्माताले नियम उल्लंघन गरेको पाइएको थियो। फेम २ स्कीम अन्तर्गत ईभी तथा ईभी उपकरण निर्मातलाई कुल १० हजार करोड भारु सब्सिडी सरकारको तर्फबाट दिइएको थियो।
फेम २ सन् २०१९ मा सुरु गरिएको छ। यसलाई पब्लिक तथा सेयर्ड ट्रान्सपोर्टेशनको इलेक्ट्रिफिकेशनलाई सब्सिडी मार्फत सहयोग गर्ने लक्ष्यका साथ सुरु गरिएको थियो। यस योजना अन्तर्गत इलेक्ट्रिक सवारी निर्मातालाई इलेक्ट्रिक सवारीमा छुट दिइएको थियो।
यस स्कीम अन्तर्गत १० लाख इलेक्ट्रिक दुई पांग्रे, ५ लाख इलेक्ट्रिक तीन पांग्रे, ५५ हजार इलेक्ट्रिक चार पांग्रे र प्यासेन्जर सवारी तथा ७ हजार ९० इलेक्ट्रिक बसका लागि सब्सिडी प्रदान गर्ने लक्ष्य लिइएको थियो। २०२३ मेमा दुई पांग्रेमा १ जूनदेखि सब्सिडी कम गर्ने सरकारले निर्णय लिएको थियो।
प्रकाशित: १० श्रावण २०८०, बुधबार