च्याटजीपीटी एन्ड्रोइडमा आएसँगै अन्तरक्रियात्मक एआईलाई थप पहुँचयोग्य बनाउने

  • Technology Khabar | १० श्रावण २०८०, बुधबार
च्याटजीपीटी एन्ड्रोइडमा आएसँगै अन्तरक्रियात्मक एआईलाई थप पहुँचयोग्य बनाउने

काठमाडौं ।

ओपनएआईले च्याटजीपीटी एन्ड्रोइड एपको सुरुवात गरे सँगै कन्भरसेसनल एआईलाई थप पहुँचयोग्य बनाउने भएएको छ। हाल ओपन एआईले आधिकारिक च्याटजीपीटी एन्ड्रोइड एप मार्फत प्रयोगकर्ताहरूको लागी आफ्ना नवीनतम फिचरसहित ल्याएको छ।

यो नि:शुल्क एप्लिकेसनले अतुलनीय कुराकानीको अनुभव प्रदान गर्नुका साथै एआईसँग सिमलेस अन्तर्क्रिया सुनिश्चित गर्दै डिभाइसहरूमा प्रयोगकर्ताको हिस्ट्रीलाई सहजरूपमा सिंक गर्ने पनि उल्लेख छ।

च्याटजीपीटीको उल्लेखनीय क्षमता उपलब्ध रहेको तथा प्रयोगकर्ताहरूले सम्भावनाहरूको संसार अनलक गर्न सक्ने छन्। प्रयोगकर्ताहरूलाई ज्वलन्त प्रश्नहरूको तत्काल जवाफ चाहिएमा वा कुनै पनि परिस्थितिको लागि उपयुक्त सल्लाह, रचनात्मक प्रेरणाको स्पार्क, प्राेजेक्टहरूका लागि व्यावसायिक इनपुट, वा नयाँ सिक्ने अवसरहरू, च्याट जीपीटीले सबै सेवा प्रदान गर्ने बताइएको छ।

एपमा हालैका सुधारहरू तथा आविष्कारहरू समावेश गर्दै ओपनएआईको उद्योग-अग्रणी भाषा मोडेलद्वारा सञ्चालित रहेको उल्लेख छ। परिणाम स्वरुप, च्याट जीपीटी लाखौं प्रयोगकर्ताहरूका लागि मुख्य बनिसकेको छ। यसले संसारभरका प्रशंसकहरूलाई प्राकृतिक र फ्लुड कन्भर्सेसनहरूको साथ हाइप गराउँदै मानवजस्तै महसुस गराउने छ।

एन्ड्रोइड प्लेटफर्ममा च्याट जीपीटीको सुरुवातले ओपनएआईको लागि ठूलो कोसेढुङ्गाको रूपमा चिन्ह लगाउने, तथा जसले सबै ठाउँमा प्रयोगकर्ताहरूका लागि अझ बढि पहुँचलाई सक्षम पार्ने उल्लेख छ।

यसले सन्दर्भ बुझ्ने, अभिप्राय पहिचान गर्ने, तथा सान्दर्भिक प्रतिक्रियाहरू उत्पन्न गर्ने क्षमता प्रस्तुत गर्दै एप्लिकेसनहरूको विस्तृत दायराको लागि अमूल्य साथी बनाउने बताइएकाे छ। प्रयोगकर्ताहरूले च्याटजीपीटीसँग अत्यन्त आत्मविश्वासका साथ अन्तरक्रिया गर्न सक्नेछन्। तथा, उनीहरूले कृत्रिम बुद्धिमत्ताको शक्ति प्रयोग गर्दा तिनीहरूको डाटा जिम्मेवार र सुरक्षित रूपमा ह्यान्डल गरिएको सुनिश्चित समेत गर्न सक्ने कम्पनीको भनाई छ।

प्रकाशित: १० श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार