Technology Khabar १० श्रावण २०८०, बुधबार
काठमाडौं ।
माइक्रोसफ्टको एआई च्याटबट बिङ च्याट नन्-माइक्रोसफ्ट ब्राउजरहरूमा उपलब्ध हुनेछ। कम्पनीले एआई च्याटबट गुगल क्रोम र एप्पलको सफारी लगायत अन्य ब्राउजरहरूमा देखा परेको विभिन्न रिपोर्टहरू पछि मंगलबार पुष्टि गरेको छ।
यस विस्तारले माइक्रोसफ्टको च्याटजीपीटी जस्तो एआई च्याटबोटलाई प्रयोगकर्ताहरूको व्यापक समूहका लागि उपलब्ध गराइनेछ। बिङ मोबाइल एप र माइक्रोसफ्ट एज ब्राउजर जस्ता माइक्रोसफ्ट उत्पादनहरूमा मात्र उपभोक्ताहरूका लागि उपलब्ध थियो।
बिङ च्याट अन्य ब्राउजरहरूमा विस्तार भइरहेको कम्पनीले टेकक्रन्चलाई बताएको छ। यो आधिकारिक रूपमा घोषणा गरिएको थिएन।
‘हामी अन्य ब्राउजरहरूमा हाम्रो परीक्षणको भागको रूपमा प्रयोगकर्ताहरू चयन गर्न सफारी र क्रोममा बिंग च्याटमा उडान पहुँच गर्दैछौं,’ माइक्रोसफ्टका सञ्चार निर्देशक, क्याटलिन राउल्स्टनले इमेलमा भनेका छन्, ‘हाम्रो स्ट्यान्डर्ड परीक्षण प्रक्रियाहरू पूरा भएपछि हामी अझ धेरै प्रयोगकर्ताहरूमा पहुँच विस्तार गर्न उत्साहित छौं।’
च्याटजीपीटी जस्तै अनुभव प्रदान गर्ने बिङ च्याट ओपनएआईको जीपीटी ४ मोडलद्वारा सञ्चालित छ।
ब्लग विन्डोजलेटेस्ट डटकमका अनुसार क्रोममा बिङ च्याटले प्रति कन्भर्सेन ५ ओटा म्यासेज मात्र सर्पोट गर्छ माइक्रोसफ्ट एजमा भने ३० ओटासम्म उपलब्ध छ। यसमा क्यारेक्टर काउन्ट २ हजारमा सिमित गरिएको छ भने एजले ३ हजार क्यारेक्टर सपोर्ट गर्छ।
माइक्रोसफ्टले थप भिन्नता र विशेषताहरुको बारेमा जानकारी उपलब्ध गराएको छैन।
प्रकाशित: १० श्रावण २०८०, बुधबार