Technology Khabar ९ श्रावण २०८०, मंगलवार
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले आइतवार आफ्नो गृह देश दक्षिण कोरियामा ८९ इन्चको नयाँ माइक्रो एलईडी टिभी अनावरण गरेको छ।
यस नयाँ टिभीमा केही उच्च स्तरको स्पेक्स र फिचर्स (सुविधाहरू) समावेश गरिएको उल्लेख छ।
सामसङ ८९ इन्च माइक्रो एलईडी टिभीको स्पेसिफिकेसन्स
दक्षिण कोरियाली टेक जायन्टले नयाँ टिभीको घोषणा गर्दै आफ्नो अवस्थित माइक्रो एलईडी टिभी लाइनअपमा विस्तार गरेको गीज्मोचाइनाले लेखेको छ। साथै उक्त अवस्थित मोडलहरूमा ७६ इन्च, १०१ इन्च, र ११४ इन्च भेरियन्ट (संस्करणहरू) समावेश रहेका छन्।
सामसङको पछिल्लो प्रवेश भएको फिचर्समा माइक्रो एलईडी डिस्प्ले प्रविधि रहेको छ। यस प्यानलमा माइक्रोमिटर एकाइहरूमा प्रकाश र रङ्ग उत्सर्जन गर्ने घनारुपमा प्याक भएका/गरिएका एलईडीहरू समावेश रहेको र यसले गर्दा प्यानललाई ओएलईडी प्रविधिको तुलनामा उच्च रिजोल्युसन प्रदान गर्न सक्षम बनाउने उल्लेख छ।
यस प्रविधिमार्फत सामसङले उत्कृष्ट पिक्चर क्वालिटि (तस्विर गुणस्तर) को साथ अल्टिमेट स्क्रिन एक्सपेरियन्स प्रदान गर्ने वाचा गरेको छ। ब्रान्डले यस उत्पादनलाई २०२३ को गत अप्रिलमा चीनमा पहिलो पटक प्रस्तुत गरेको थियो। त्यसबेलादेखि, कम्पनीले फ्ल्यागशिप ग्रेड टिभीहरू पनि जारी गर्दै आएको छ।
साथै यस माहिनाको सुरुमा घोषणा गरिएको ठूलो ९८ इन्चको नियो क्यूएलईडी ८के टिभी यसअन्तर्गत समावेश रहेको छ। नयाँ ८९ इन्चको माइक्रो एलईडी टिभीको मूल्य १३० मिलियन वोन (१००,००० अमेरिकी डलर) रहेको उल्लेख गरिएको छ।
साथै नयाँ लन्चको उत्सव मनाउने क्रममा सामसङ इलेक्ट्रोनिक्सले डब्लु–क्यू९९०सी साउन्डबार प्याकेज र फ्रिस्टाइल बन्डलको साथमा नयाँ ८५ इन्चको द फ्रेम टिभी पनि अनावरण गरेको छ। त्यसैगरी कम्पनीले यो महिनाको अन्त्यसम्म उत्पादन खरिद गरेमा ५ मिलियन सामसङ इलेक्ट्रोनिक्स मेम्बरसिप पोइन्टस पनि प्रदान गर्ने उल्लेख गरिएको छ।
प्रकाशित: ९ श्रावण २०८०, मंगलवार