फक्सकनले जेडएफ एक्सल सिस्टम यूनिटमा ५० प्रतिशत सेयर किन्ने

Technology Khabar ९ श्रावण २०८०, मंगलवार

काठमाडौं ।

आईफोन आपूर्तिकर्ता फक्सकनले जेडएफ ग्रुपको एक्सल सिस्टम असेम्बली यूनिटमा ५० प्रतिशत हिस्सा अधिग्रण गर्ने भएको छ।

अटोमोटिभ र आपूर्ति श्रृंखलामा अवसर बढाउने उद्देश्यले संयुक्त उद्यम सिर्जना गर्ने फक्सकन र जेडएफ ग्रुपले सोमबार बताएका छन्।

यस सम्झौतामा जेडएफ चेसिस मोड्यूल्स जीएमबीएको मूल्य १.११ बिलियन अमेरिकी डलर निर्धारण गरिएको छ। यस सम्झौताले कम्पनीहरूलाई आन्तरिक दहन इन्जिन र इलेक्ट्रिक वाहन स्पेसमा उत्पादन प्रस्तावहरूको दायरा विस्तार गर्न अनुमति दिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

फक्सकोनसँगको संयुक्त उद्यम बाह्य साझेदारहरूको सहयोगमा वर्तमान सीमाभन्दा बाहिरका विशिष्ट व्यापार क्षेत्रहरू विकसित गर्ने जेडएफको रणनीतिको हिस्सा भएको जर्मन कम्पनीका प्रमुख कार्यकारी होल्गर क्लेनले रोयटर्सलाई भने।

‘यो व्यवसाय धेरै छिटो बढ्न सक्छ, तर यसको अपेक्षाकृत कम मार्जिन छ। यसलाई नयाँ पुँजी चाहिन्छ। त्यसैले जेडएफले साझेदारको खोजी गरिरहेको थियो,’ क्लेनले भने।

यस सम्झौताबाट प्राप्त हुने रकमबाट जेडएफले आफ्नो ऋण घटाउन प्रयोग गर्नेछ।

संयुक्त उद्यम सम्झौता नियामक स्वीकृतिमा हस्ताक्षर भएको ६ देखि ९ महिना भित्र कार्यान्वयन हुने अपेक्षा गरिएको छ।

फक्सकनले भविष्यमा कम्पनीको थप सेयर लिन सक्ने सम्भावना पनि रहेको क्लेनले बताए। यस सम्झौताका लागि जर्मन सरकारद्वारा समिक्षको क्रममा ठूलो कठिनाई उत्पन्न नहुने उनको विश्वास छ।

जर्मन सरकारले गत वर्ष चीन र तनावबीच बढ्दो तनावका कारण म्युनिखस्थित चिप आपूर्तिकर्ता सिल्ट्रोनिकलाई ताइवानी प्रतिद्वन्द्वीलाई बिक्रीमा रोक लगाएको थियो।

प्रकाशित: ९ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया