पब्जी मोबाइल साउथ एशिया फल आजदेखि सुरु, ९ नेपाली टिम प्रतिस्पर्धामा

  • Technology Khabar | ९ श्रावण २०८०, मंगलवार
पब्जी मोबाइल साउथ एशिया फल आजदेखि सुरु, ९ नेपाली टिम प्रतिस्पर्धामा

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमडब्यूआई) साउथ एशिया फल २०२३ आजदेखि सुरु हुने भएको छ। करिब एक महिना लामो प्रतियोगिता २५ जुलाईदेखि २० अगष्टसम्म आयोजना हुँदैछ।

पब्जी मोबाइलको विश्वकप मानिने पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी) को छनोटको रुपमा रहेको पीएमडब्यूआईमा नेपालका ९ टिम सहित मंगोलिया र बंगलादेशका टिमको पनि सहभागीता रहेको छ।

यस प्रतियोगितामा मंगोलियाका ९ र बंगलादेशका दुई टिम रहेका छन्।

प्रतियोगितालाई लिग र फाइनल गरी दुई चरणमा विभाजन गरिएको छ। लिग चरण २५ जुलाईदेखि १३ अगष्टसम्म खेलिनेछ भने फाइनल १८ अगष्टदेखि २० अगष्टसम्म खेलिनेछ।

तीन हप्ता सम्म खेलिने लिग चरणमा २० टिमले प्रतिस्पर्धा गर्नेछ। लिग चरण पनि दुई फम्याटमा खेलाइने छ। हप्ताको पहिलो दुई दिन २० टिमले प्रतिस्पर्धा गर्नेछ। प्रत्येक दिन ६ खेल लिनेछ।

प्रत्येक हप्ताको शीर्ष १६ स्थानमा रहने टिमहरु बीच सुपर हप्तामा प्रतिस्पर्धा हुनेछ। सुपर हप्ताको कुल अंक तालिकाका आधारमा टिमहरु फाइनल प्रवेश गर्नेछन्।

प्रत्येक सुपर हप्तामा टिमहरुले हासिल गर्ने अंक तालिका आधारमा फाइनलका लागि बोनस प्वाइन प्राप्त गर्नेछन्। उदारणका लागि पहिलो सुपर हप्तामा पहिलो स्थानमा रहने टिमले २० अंक प्राप्त गर्ने छ भने १६ औं स्थानमा रहने टिमको फाइनल खेल्नु अघि नै एक अंक हुनेछ।

यस प्रतियोगिताको कुल पुरस्कार राशी ८० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ५ लाख रुपैयाँ छ।

प्रकाशित: ९ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार