
काठमाडौं ।
यदि तपाईंले ट्विटर ब्लूको सदस्यता लिनुभएको छैन भने, अब तपाईं एक दिनमा सीमित संख्यामा मात्र डीएम पठाउन सक्षम हुनुहुनेछ। यसको अर्थ, तपाईले केहि सन्देशहरू मात्र पठाउन सक्नुहुन्छ।
इलन मस्कले स्पाम र बटबाट छुटकारा पाउन यो कदम चालेका हुन्। यद्यपि यो अझै स्पष्ट छैन कि अप्रमाणित खातासँग सम्बन्धित यो सीमा सबैका लागि हो वा गैर-फलोअरहरूलाई मात्र लागू हुनेछ। यसको मतलब नि:शुल्क प्रयोगकर्ताहरूले गैर-अनुयायीहरूलाई सीमित संख्यामा सन्देशहरू पठाउन सक्षम हुनेछन् वा यो सीमा सबै (फलोअरहरू) को लागि मात्र यो लागू हुनेछ स्पष्ट छैन्। मस्कको यो कदमले ट्विटर ब्लू सब्सक्राइबरको संख्या बढाउनुका साथै स्पामलाई नियन्त्रण गर्ने दाबी गरिएको छ।
यसअघि, कम्पनीले नयाँ डीएम सेटिङ सुरु गरेको थियो जसमा फलोअरहरूबाट आउने सन्देशहरू इनबक्समा आउनेछन् र गैर-अनुयायीहरू (जो प्रमाणित छन्) तिनीहरूको सन्देश अनुरोध बक्समा जानेछन्। यसबाहेक, प्रयोगकर्ताहरूले डीएम सेटिङ्समा पनि परिवर्तन गर्न सक्छन्। तपाईलाई कसले सन्देश पठाउन सक्छ भन्ने निर्णय गर्न सक्नुहुन्छ।
हाल विज्ञापनबाहेक कम्पनीले आम्दानीका अन्य उपायमा पनि ध्यान केन्द्रित गरिरहेको छ। तर मस्कले विज्ञापनको आधारमा मात्र ट्विटरलाई चलाउन चाहँदैनन्। त्यसैले उनले आफ्नो आम्दानी बढाउन ट्विटर ब्लू सुरु गरे। अब मस्कले प्लेटफर्ममा ब्लू प्रयोगकर्ताहरूको संख्या बढाउनका लागि ती सबै विधिहरू अपनाइरहेको छन्।
प्रकाशित: ८ श्रावण २०८०, सोमबार