एप्पल स्निकर्सः एप्पलको नामको सबैभन्दा महँगो जुत्ता लिलामीमा

  • Technology Khabar | ८ श्रावण २०८०, सोमबार
एप्पल स्निकर्सः एप्पलको नामको सबैभन्दा महँगो जुत्ता लिलामीमा

काठमाडौं ।

एप्पल भन्ने बित्तिकै हामी मध्ये धेरैजसो आईफोन, आईप्याड, म्याक, र एयरपडहरूको बारेमा सोच्ने गर्दछौं। यद्यपि, कम्पनीको इतिहासलाई फर्केर हेर्ने हो भने एप्पलले अन्य धेरै रोचक उत्पादनहरू ल्याएको इतिहासमा देख्न सकिन्छ।

एप्पल न्यूटन, लिसा र पिपिन गेम कन्सोल जस्ता डिभाइसहरू हालको अवस्थामा धेरै दूर्लभ भइसकेको र कलेक्टर्स आइटम्स (सङ्कलक वस्तु) को रुपमा पनि मानिने गरिएको छ। साथै सोही कारणले गर्दा तिनीहरूको बिक्री मूल्य पनि धेरै उच्च हुने गरेका छन्।

यद्यपि, हालसालै बजारमा अति दूर्लभ मानिएको एप्पल स्नीकर्स देखा परेको छ। साथै ५०,००० अमेरिकी डलर मूल्य रहेको उक्त एप्पल स्नीकर्सले सबै दुर्लभ भइसकेका कलेक्टर्स आइटम्सहरुको मूल्यलाई पार गरेको उल्लेख छ।

रेट्रो एप्पलका उत्पादनहरू उच्च मूल्यमा लिलामी भएको कारण प्रायः समाचारका केन्द्रमा हुने गरेका छन्। उदाहरणको लागी, हालै मात्र ओरिजीनल (मूल) आईफोनको एक विशेष ४जीबी संस्करण १,९०,३७२ अमेरिकी डलरमा बिक्री गरिएको थियो।

त्यसैगरी १९९० को मध्यतिरको एप्पलले बजारमा ल्याएको स्नीकर्सको एक जोडी नयाँ उत्पादनको रुपमा सूचीमा थपिएको र अहिले खरिदका लागि उपलब्ध रहेको उल्लेख छ। “के एप्पलले जुत्ता उत्पादन गर्यो?” भन्ने लाग्न सक्छ र यस प्रश्नको जवाफ अलि जटिल भएको उल्लेख छ।

एप्पलले वास्तवमा कहिल्यै पनि जुत्ता उत्पादन गरेको थिएन। यद्यपि, एप्पल कम्प्यूटर स्नीकर्सहरू एप्पलका कर्मचारीहरूका लागि प्रमोशनल वस्तुको रूपमा १९९० को मध्यमा सिर्जना गरिएको थियो। साथै त्यसताका एकदम थोरै संख्यामा मात्र उक्त स्नीकर्सहरूको जोडी बनाइएको थियो। उक्त स्नीकर्सहरुको माथिल्लो भागमा सेतो रंगको जुत्ताको कान र पार्श्वभागको एक चौथाईमा इन्द्रेणी रङ्गको एप्पलको लोगोको साथ क्यारेक्टराइज्ड गरिएको थियो। साथै स्नीकर्सहरुको हिलमा फओक्स “एयर“ कुशनिङ विन्डो पनि फिचर गरिएको उल्लेख छ।

स्नीकर्सहरुको सीमित उपलब्धताको कारणले गर्दा यी स्नीकर्सहरू अत्यन्त मूल्यवान हुन पुगेका छन् भने तीमध्येको एउटा हाल लिलामीमा रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

एक जोडी एप्पल कम्प्यूटर स्नीकर्स अब खरिदको लागी उपलब्ध भएको छ। बक्स प्याकमा रहेको उक्त स्नीकर्स ब्य्राण्ड न्यू (एकदम नयाँ) हुनुका साथै ह्वाइट अपर, ह्वाइट सोल र स्नीकर्सको दुवै छेउको भागमा र कानमा एक प्रतिष्ठित ओल्ड–स्कूल एप्पल लोगो फिचर गर्दछ। साथै यो जोडा स्नीकर्सको साइज १०.५ (युरोपेली जुत्ता साइजमा ४४) मा उपलब्ध भएको उल्लेख छ। स्नीकर्सको आस्किङ्ग प्राइस ५०,००० अमेरिकी डलर रहेको छ।

प्रकाशित: ८ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार