
काठमाडौं ।
चिनियाँ इभी ब्राण्ड बीवाइडीको भारतमा १ अर्ब डलरको कारखाना स्थापना गर्ने प्रस्तावलाई भारतले अस्वीकार गरेको छ।
इकोनोमिक टाइम्सको रिपोर्टअनुसार हैदरावादस्थित मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेडसँगको साझेदारीमा भारतमा १ अर्ब डलरको कारखाना स्थापना गर्ने कम्पनीको प्रस्तावलाई अस्वीकार गरिएको हो।
यसमा स्थानीय कम्पनीसँगको साझेदारीमा भारतमा विद्युतीय कारका साथसाथै ब्याट्री निर्माण गर्ने प्रस्ताव थियो।
“भारतमा चिनियाँ लगानीको सन्दर्भमा सुरक्षा चिन्ताहरू छलफलको क्रममा राखिएको थियो,” एक भारतीय अधिकारीलाई उद्धृत गर्दै रिपोर्टमा भनिएको छ।
“वर्तमान नियमहरूले यस्तो लगानीलाई अनुमति दिँदैन,” छलफलमा संलग्न अर्का अधिकारीले भने।
जुलाई १४ मा, बीवाइडीले मेघासँगको साझेदारीमा भारतमा ईभी र ब्याट्री उत्पादन गर्न १ अर्ब डलरको लगानीको प्रस्ताव पेश गरेको रोयटर्सले बताएको थियो।
दीर्घकालीन योजनाले भारतमा ह्याचब्याकदेखि लक्जरी मोडेलसम्म बीवाइडी ब्रान्डेड इभीहरुको पूर्ण दायरा उत्पादन गर्ने थियो।
भारत हाल विश्वको तेस्रो ठूलो अटो बजार हो।
प्रकाशित: ७ श्रावण २०८०, आईतवार