अनलाइनबाट आईफोन पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

  • Technology Khabar | ७ श्रावण २०८०, आईतवार
अनलाइनबाट आईफोन पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

काठमाडौं ।

अनलाइन ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले उगी अभियोगमा पक्राउ परेका ती व्यक्तिले अनलाइनबाट आईफोन पठाइदिन्छु भनेर पोखराका विशाल नेपालोसँग ५० हजार रुपियाँ ठगी गरेको बताए। ती व्यक्तिले भाइबरमा अन्य व्यक्तिको नागरिकता र क्युआर कोड प्रयोग गरी आइफोन ११ पठाइदिन्छु भनेर नेपालीलाई ठगी गरेको उनले जानकारी दिए।

ठगी गर्ने व्यक्तिबाट ५० हजार रुपियाँ बरामद गरी पीडित नेपालीलाई प्रहरीले फिर्ता गरेको छ।

रकम ठगी अभियोगमा पक्राउ परेकालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको छ। अनलाइनबाट ठगी धन्दामा गिरोह नै संलग्न रहेकोबारे प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता गौतमले बताए।

प्रकाशित: ७ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार