सामसङ ग्यालेक्सी ट्याब एस ९ अल्ट्राको विशेषताहरु प्रक्षेपण अघि लीक

  • Technology Khabar | ७ श्रावण २०८०, आईतवार
सामसङ ग्यालेक्सी ट्याब एस ९ अल्ट्राको विशेषताहरु प्रक्षेपण अघि लीक

काठमाडौं ।

सामसङ ग्यालेक्सी ट्याब एस ९ अल्ट्राकाे स्पेसिफिकेशन प्रक्षेपण अघि लीक भएकाे छ। प्रख्यात टिपस्टर इभान ब्लासले ट्याब एस ९ अल्ट्राको स्पेसिफिकेशन तथा नयाँ रेन्डरहरू लीक गरेका हुन्।

जुलाई २६ मा सामसङले ग्यालेक्सी फोल्ड ५, ग्यालेक्सी जेड फ्लिप ५ , र ग्यालेक्सी वाच ६ श्रृंखलासहित अन्य डिभाइसहरूसँगै ग्यालेक्सी ट्याब एस ९ शृङ्खला अनावरण गर्ने तयारीमा रहेकाे छ।

ट्याब एस ९ लाइनअपमा तीन ओटा मोडलहरू समावेश हुने उल्लेख छ।जसमा सबैभन्दा उन्नत डिभाइस  ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा नाम दिइएको छ। जबकि अन्य दुईलाई क्रमशः ग्यालेक्सी ट्याब एस ९ र ग्यालेक्सी ट्याव एस ९ प्लस भनिने छ।

नयाँ लीक अनुसार, सामसङ ग्यालेक्सी ट्याव एस ९ अल्ट्रा ५ जीले विशाल १४.६ इन्चको डायनामिक एमोलेड डिस्प्ले प्याक गर्ने छ, जुन ट्याब एस ८ अल्ट्रा समान साइज रहेकाे बताइएकाे छ।

यसको पूर्ववर्ती जस्तै, ट्याब एस ९ अल्ट्राको डिस्प्लेमा १२ मेगापिक्सेलको मुख्य क्यामरा र १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स रहनेछ। ट्याब्लेट किबोर्ड र एस पेनको लागि सपोर्ट साथ आउनेछ।

फ्ल्यागशिप ट्याब्लेटको पछाडिको क्यामरा सेटअपमा शक्तिशाली १३ मेगापिक्सेल अल्ट्रा-वाइड लेन्स र ८ मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स समावेश हुनेछ।

ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा ५ जी स्न्यापड्रयागन ८ जेन २ चिपसेटद्वारा संचालित हुनेछ। यो ३. ३६ गीगाहर्ज क्लक चिपको एक ओभरक्लक्ड संस्करण संग सुसज्जित हुनसक्ने छ।

वर्षको सुरुमा डेब्यु गरिएको स्मार्टफोनहरूको ग्यालेक्सी एस २३ श्रृंखलामा पनि ३. ३६ गीगाहर्ज एसडी ८ जी २ चिप रहेकाे छ।

सहज कार्यसम्पादनका लागि, ट्याब एस ९ अल्ट्रा १२ जीबी र्यामले सुसज्जित हुने उल्लेख छ। यो एन्ड्रोइड १३ मा चल्ने, जसलाई वान यूआइ को नवीनतम संस्करणमा ओभरलेड गर्न सकिनेछ। डिभाइसले ५१२ जीबीको आन्तरिक भण्डारण क्षमता प्रदान गर्ने तथा मेमोरी विस्तारको लागि बाह्य भण्डारण स्लटको साथ आउने बताइएकाे छ।

ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा ५ जी ठूलो ११,२०० एमएएच ब्याट्रीले सुसज्जित हुने बताइएकाे छ। ट्याब्लेटले ४५ वाट छिटो चार्जिङलाई समर्थन गर्ने अन्य लीकहरूले दावी गरेका छन्। थप रूपमा, ट्याब्लेटले भौतिक सिम र एम्बेडेड सिम (इ-सिम) दुवै समायोजन गरी डुअल सिम क्षमताहरू प्रदान गर्ने उल्लेख छ।

प्रकाशित: ७ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...