टोयोटाले लेक्सस ब्रान्ड स्वामित्वमा थ्री राे इलेक्ट्रिक एसयूभी उत्पादन गर्ने

  • Technology Khabar | ७ श्रावण २०८०, आईतवार

काठमाडौं ।

टोयोटा आफ्नो लेक्सस ब्रान्डको स्वामित्वमा थ्री राे इलेक्ट्रिक एसयूभी उत्पादन गर्ने तयारीमा रहेकाे छ। हालैका ट्रेडमार्क फाइलिङहरूअनुसार कम्पनिले नयाँ थ्री राे इलेक्ट्रिक एसयूभी आफ्नो लाइनअपमा थप्न सक्ने देखिएको हाे।

जुलाई १९, २०२३ मा, टोयोटाले लेक्सस टीजेटको बिभिन्न संस्करणहरूको सुरक्षाका लागि युरोपेली यूनियन इन्टेलेक्चुअल प्राेपर्टी अफिसमा चार ओटा ट्रेडमार्क आवेदनहरू पेस गरेको  छ। यसले सम्भावित रूपमा विद्युतीय एसयूभीको विकासको संकेत गरेको उल्लेख छ।

ट्रेडमार्कहरूमा टीजेट ४५० ई र टीजेट ५५० ई  समावेश रहेका छन्, जसले यी मोडलहरू विद्युतीय सवारी साधनको श्रेणीमा पर्न सक्ने सुझाव दिएकाे बताइएकाे छ।

यो नामकरण टोयोटा करेन्ट इलेक्ट्रिक अफरीङ्स जस्तै बीजेड ४एक्स, र लेक्ससको आरजेड ४५० इ, आर एक्सको इलेक्ट्रिक भेरियन्टसँग मिल्ने उल्लेख छ।

उपलब्ध जानकारीका आधारमा, नयाँ टीजेटले एक एरोडायनामिक स्पिन्डल बडी, उज्यालो लेक्ससको प्रतीक, र पूर्ण चौडाइको टेलल्याम्प, स्पोर्टी र आधुनिक उपस्थिति प्रदान गर्दै आरजेडसँग डिजाइन तत्वहरू साझेदारी गर्ने सम्भावना रहेकाे छ।

टीजेट  सम्भावित रूपमा समर्पित इलेक्ट्रिक वाहन प्लेटफर्ममा निर्माण गरी अघिल्लो मोडलहरू भन्दा फरक हुने अपेक्षा गरिएको छ।

यसबाहेक, टोयोटाले आफ्नो केन्टकीमा रहेको जर्जटाउन एसेम्बली प्लान्टमा २०२५ मा थ्री राे इलेक्ट्रिक एसयूभी निर्माण गर्ने योजना बनाएको छ। टीजेट यस मोडलको प्रिमियम लेक्सस संस्करण हुन सक्ने, जुन लक्जरी बजार क्षेत्रलाई अपील गर्न डिजाइन गरिएको बताइएकाे छ।

प्रकाशित: ७ श्रावण २०८०, आईतवार

तपाइको प्रतिक्रिया