रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणलाई दिएकोमा विरोध कार्यक्रम गर्दै स्थानीयबासी

  • Technology Khabar | ५ श्रावण २०८०, शुक्रबार
रेडियो नेपालको जग्गा दूरसञ्चार प्राधिकरणलाई दिएकोमा विरोध कार्यक्रम गर्दै स्थानीयबासी

काठमाडौं ।

रेडियो नेपालको नाममा रहेको जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको विरोधमा स्थानीयबासीहरुले आन्दोलन गर्ने भएका छन्।

उनीहरुले खुल्ला स्थानमा रहेको जग्गा दूरसञ्चार प्राधिकरणलाई प्रति आना ४० लाखको दरले बेचेको भन्दै सरकारी निर्णय प्रति आपत्ति जनाउँदै आएका छन्।

स्थानीयवासी र सरोकारवाला निकायसँग सार्वजनिक सुनुवाई र छलफल नगरी प्रकृया अघि बढाएकोमा स्थानीय वडावासीको असन्तुष्टि रहेको उनीहरुले जानकारी दिएका छन्।

उनीहरुले उक्त प्रकृयाको विरोधमा स्थानीय संघर्ष समिति गठन गरी विरोध कार्यक्रम घोषणा गर्ने भएका छन्।यसैबीच खुमलहाईट टोल विकास संस्थाले शनिवार विरोध कार्यक्रम आयोजना गर्ने भएको हो।

सरकारले साविकको ललितपुर ५, हाल ललितपुर महानगरपालिका वडा न १५ सातदोबाटो खुमलटार हाइटमा रहेको रेडियो नेपालको ८५ कित्ता जग्गामध्ये ४२ रोपनी जग्गा प्राधिकरणले भोगचलन गर्नेगरी अर्थ स्टेशन तथा प्राधिकरणको कार्यालय निर्माण गर्नका लागि दिने निर्णय गरेको छ।

प्रकाशित: ५ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...