
काठमाडौं ।
नविन प्रविधि र विज्ञानबारे जानकारी दिने उद्देश्यले यहि साउन ६ र ७ गते बृहत वैज्ञानिक कार्यक्रम “छैठौ राष्ट्रिय युवा विज्ञान सम्मेलन २०२३” आयोजना हुने भएको छ।
ब्रेनिक्युब रिसर्च अर्गनाईजेसनको आयोजना र ग्यालेक्सी पब्लिक स्कुल, मिड भ्याली कलेज, द स्कुआड अफ चेन्ज्मेकर र अस्त्रोनोवा फाउन्डेसनको सहआयोजनामा शनिबार र आइतबार मिड भ्याली कलेज (ग्यालेक्सी पब्लिक स्कुल ), ज्ञानेश्वरमा बिहान ९ देखि ४ बजेसम्म कार्यक्रम संचालन हुनेछ।
कार्यक्रममा प्यानल डिस्कसन, खोज र अनुसन्धानमा आधारित विज्ञान पोस्टर प्रदर्शनी जस्ता कार्यक्रमका साथै युवा वैज्ञानिक पुरस्कार र अन्य विभिन्न पुरस्कारहरु युवा बैज्ञानिकहरुलाई प्रदान गरिनेछ। साथै यस कार्यक्रममा रकेट साइन्स, रिमोट कन्ट्रोल प्लेन, स्याटेलाइट, रोबोटिक्स, खगोलशास्त्र, टेलिस्कोप लगायत विभिन्न वैज्ञानिक उपकरणको प्रदर्शनी समेत रहेको छ।
यस बाहेक देश विदेशका वरिष्ठ वैज्ञानिक तथा विज्ञहरुले कार्यक्रममा आफ्नो मन्तब्य राख्नेछन् । कार्यक्रम मा विभिन्न विज्ञानसंग सम्बन्धित खेलहरु पनि रहेका छन् जसमा विद्यार्थीहरुले भाग लिई विभिन्न पुरस्कार हरु पनि जित्न सक्नेछन्।
यसका साथै टेक केयर हेल्थ सर्विसले यस कार्यक्रममा निसुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम समेत संचालन गर्नेछ।
करिब ५००० विद्यार्थीले कार्यक्रमको अवलोकन गर्ने तथा विज्ञान प्रविधिको बारेमा जानकारी हासिल गर्नसक्ने आयोजकले जानकारी दिएका छन्।
प्रकाशित: ५ श्रावण २०८०, शुक्रबार