एनसेलले भन्यो- विद्युत अवरोधका कारण शनिवार केहि स्थानमा सेवा प्रभावित हुनसक्छ

  • Technology Khabar | ५ श्रावण २०८०, शुक्रबार
एनसेलले भन्यो- विद्युत अवरोधका कारण शनिवार केहि स्थानमा सेवा प्रभावित हुनसक्छ
ललितपुर, पुल्चोक स्थित लबिम मलमा राखिएको एनसेल आजियाटा लिमिटेडको फोरजी सेवाको विज्ञापन। फाइल तस्बिर। टेक्नोलोजीखबर

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले शनिवार भोली काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आफ्ना सेवाहरु प्रभावित हुने जानकारी दिएको छ।

एनसेलले प्रदान गर्दै आएका सेवाहरु शनिवार साउन गते काठमाडौं र ललितपुरका विभिन्न स्थानमा प्रभावित हुन सक्ने अग्रिमरुपमा जानकारी दिएको हो।

कम्पनीकाअनुसार सो दिन बिहान ८:३० बजेदेखि दिउँसो ४:३० बजेसम्म नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नति गर्ने कार्य तालिका रहेको जानकारी प्राप्त भएकाले विद्युत आपूर्ति प्रभावित भई मोबाइल टावरहरु संचालनमा असर पर्न गई यस कम्पनीले प्रदान गर्ने सेवाहरु पनि प्रभावित हुन सक्ने जनाएको छ।

यसका साथै निरन्तर सेवा प्रवाहका लागि के कसरी कार्य गर्न सकिन्छ भनेर सम्बन्धित निकाय तथा साझेदारहरुसँग तदारुकताका साथ काम भईरहेको पनि जानकारी गदिएको छ।

सेवा प्रभावित हुँदा ग्राहकहरुमा पर्न जाने सम्भावित असुविधा प्रति एनसेलले  क्षमा मागेको छ।

प्रकाशित: ५ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार