३५ वर्षदेखि हरेक २० मिनेटमा पृथ्वीमा आईरहेको छ ‘रहस्यमय’ संकेत, वैज्ञानिकले बल्ल पत्ता लगाए

  • Technology Khabar | ५ श्रावण २०८०, शुक्रबार
३५ वर्षदेखि हरेक २० मिनेटमा पृथ्वीमा आईरहेको छ ‘रहस्यमय’ संकेत, वैज्ञानिकले बल्ल पत्ता लगाए

काठमाडौं ।

ब्रह्माण्डमा कति रहस्य लुकेका छन् भन्ने अझै थाहा छैन । वैज्ञानिकहरूले हरेक दिन यस्तो जानकारी प्राप्त गर्छन्, जसले उनीहरूलाई पनि आश्चर्यमा पार्दछ। नयाँ केसमा यस्तो अज्ञात स्रोत पत्ता लागेको छ, जसले विगत ३५ वर्षदेखि पृथ्वीतर्फ रेडियो ब्लास्ट पठाउँदै आएको छ।

हाम्रो ग्रहतर्फ रेडियो तरंगहरू किन र कसले पठाउँदैछ भनेर अन्वेषकहरूलाई अझै थाहा छैन। यी तरंगहरूको प्रकृति यस्तो छ कि यो वैज्ञानिकहरूको लागि बिल्कुल नयाँ छ। सन् १९८८ देखि लगातार हरेक २० मिनेटमा पृथ्वीतर्फ ऊर्जाको विष्फोट भइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।

नेचर जर्नलमा प्रकाशित एक लेखकाअनुसार पृथ्वीतर्फ आउने तरङ्गहरु पल्सरबाट निस्कने रेडियो विस्फोटजस्तै भएको बताइएको छ। पल्सर एक प्रकारको न्युट्रोन तारा हो। न्युट्रोन ताराहरू त्यसबेला बन्छन्, जब मुख्य-श्रेणीको तारा यसको आकार र द्रव्यमानको कारणले कम्प्रेस हुन्छ। त्यसपछि यो सुपरनोभा विस्फोटमा पतन हुन्छ, जसको कारण पल्सर ताराहरू बन्छन्।

वैज्ञानिकहरूले पत्ता लगाएका रेडियो तरंगहरू केही मिलिसेकेन्डदेखि केही सेकेन्डसम्म आउँछन्। तर यी तरंगहरू पल्सरबाट मात्र नै आउँछन् भन्ने बारेमा अनुसन्धानकर्ताहरू पक्का छैनन्। वैज्ञानिकहरूले पत्ता लगाएको वस्तुलाई जीपीएमजे १८३९-१० (GPMJ1839-10) नाम दिएका छन्। यदि यो साँच्चै पल्सर हो भने यसको काम गर्ने तरिका यस्तो छ कि वैज्ञानिकहरूले यसलाई असम्भव मान्दै आएका छन्।

यो सेतो पुड्के तारा वा चुम्बकीय तारा पनि हुन सक्छ। यद्यपि अनुसन्धानकर्ताहरूले विश्वास गर्छन् कि त्यस्ता ताराहरूले त्यस्ता विस्फोट तरङ्गहरू पठाउँदैनन्। सन् १९८८ देखि पृथ्वीमा यस्ता तरंगहरू आइरहेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। यसअघि यो तथ्याङ्क सङ्कलनकर्ताहरूले यसमा ध्यान दिएका थिएनन।

यस अनुसन्धानका सम्बन्धमा म्याकगिल विश्वविद्यालयका भौतिकशास्त्रका प्रोफेसर एम कास्पी भन्छन् कि यी तथ्यांकमा के लुकेको छ भन्ने त्यो समयले नै बताउला। भविष्यमा यस्ता थप खोजहरू हुन सक्छन्।

के यी तरंगहरू अर्को संसारबाट आउँदैछन्? यस्ता प्रश्न आगामी दिनमा पनि उठ्न सक्छन् । यो सम्भव छ कि एलियनहरूमा विश्वास गर्ने वैज्ञानिकहरूले यसबारे केही भन्न सक्छन्।

प्रकाशित: ५ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार