
काठमाडौं ।
एआई विशेषज्ञ र डाटा वैज्ञानिकहरूको विश्वव्यापी समूहले आर्टिफिसियल इन्टेलिजेन्स उत्पादनहरू सुरक्षित रूपमा विकास गर्न नयाँ स्वैच्छिक फेमवर्क जारी गरेको छ।
वर्ल्ड एथिकल डाटा फाउन्डेशनमा मेटा, गुगल र सामसङ लगायत विभिन्न टेक जायन्ट कम्पनीमा काम गर्ने कर्मचारीहरू सहित २५ हजार सदस्यहरू छन्।
फ्रेमवर्कमा डेभलपर्सका लागि एआई परियोजना सुरु गर्नु अघि ८४ प्रश्नको चेकलिस्ट समावेश गरिएको छ।
फाउन्डेसनले सर्वसाधारणलाई आफ्ना प्रश्नहरू पेश गर्न आमन्त्रित पनि गरिरहेको छ।
ती प्रश्नहरु आगामी वर्षको सम्मेलनमा विचार गरिने बताएको बीबीसीले उल्लेख गरेको छ।
फ्रेमवर्क खुला पत्रको रूपमा जारी गरिएको छ, जुन एआई समुदायको मनपर्ने फर्मम्याट जस्तो देखिन्छ। यसमा सयौं हस्ताक्षरकर्ता छन्।
एआई कम्प्युटरले मानिस जस्तै प्रक्रिया दिनुका साथै समान काम गर्छ।
कम्प्युटरहरूलाई धेरै मात्रामा जानकारी दिन सकिन्छ र त्यसमा भएका प्यार्टनको पहिचान गर्नका लागि प्रशिक्षित गर्न सकिने र अनुमान गर्न, समस्याहरू समाधान गर्न र आफ्नै गल्तीहरूबाट पनि सिक्न तालिम दिन सकिन्छ।
गैर नाफामुलुक संस्थाको रुपमा सन् २०१८ मा सुरु गरिएको फाउन्डेसनल नयाँ प्रविधिको विकासलाई हेर्न टेक र एकेडेमियामा काम गर्ने मानिसहरूलाई एकसाथ ल्याउन काम गरिरहेको छ।
डेभलपर्सका लागि तयार गरिएको प्रश्नहरूमा उनीहरूले कसरी एआई उत्पादनलाई पूर्वाग्रह समावेश गर्नबाट रोक्नेछन्, र डिभाइसद्वारा उत्पन्न परिणामले कानून तोड्न सक्ने अवस्थासँग कसरी व्यवहार गर्ने भन्ने लगायत समावेश छ।
के म शंकास्पद स्रोतहरूबाट डेटा इनपुट गर्न हतार वा दबाब महसुस गर्छु?
एक पटक यो प्रशिक्षित भएपछि मोडेल कुन उद्देश्यमा प्रयोग हुन्छ? भन्ने लगायत ८४ प्रश्न समावेश छन्।
प्रकाशित: ५ श्रावण २०८०, शुक्रबार