चीनमा फाइभजी स्मार्टफोन प्रयोगकर्ताको संख्या ६७ करोड माथि, २९ लाख बेस स्टेशन तैनाथ

  • Technology Khabar | ५ श्रावण २०८०, शुक्रबार
चीनमा फाइभजी स्मार्टफोन प्रयोगकर्ताको संख्या ६७ करोड माथि, २९ लाख बेस स्टेशन तैनाथ

काठमाडौं ।

चीनको मिनिस्ट्र अफ इन्डस्ट्रिज एण्ड इन्फर्मेसन टेक्नोलोजीले देशको फाइभजी दूरसञ्चार क्षेत्रमा उल्लेखनीय प्रगति भएको जानकारी दिएको छ। देशभर ६७६ मिलियन अर्थात ६७ करोड ६० लाख ५जी स्मार्टफोन प्रयोगकर्ताहरू र लगभग ३ मिलियन फाइभजी बेस स्टेशनहरू जडान गरी चीनले ५जी प्रविधिमा नेतृत्व गरिरहेको उल्लेख गरिएको छ।

यसका साथमा उद्योगले राजस्वमा ६.२ प्रतिशत वृद्धि भएको अनुभव गरेको छ भने कुल व्यापार मात्रामा वार्षिक १७.१ प्रतिशतले उल्लेखनीय वृद्धि भएको उल्लेख छ। त्यसैगरी हाल २.१२ बिलियन भन्दा बढी मोबाइल इन्टरनेट अफ थिंग्स (आईओटी) डिभाइसहरू प्रयोगमा रहेको छन् भने यसले विभिन्न उद्योगहरूमा मोबाइल प्रविधिको व्यापक प्रयोगलाई प्रदर्शन गरेको गीज्मोचाइनामा रिपोर्ट गरिएको छ।

यस फाइभजी टेक्नोलोजीको प्रभाव स्वास्थ्य सेवा, शिक्षा र यातायात जस्ता क्षेत्रहरूमा महसुस गरिएको र ५०,००० भन्दा बढी आवेदन केसहरूले यसको रूपान्तरण क्षमताको प्रदर्शन गरेको बताइएको छ। साथै “हन्ड्रेड सिटिज, थाउजेन्ड पार्कस” औद्योगिक इन्टरनेट अभियानले प्रभावशाली औद्योगिक इन्टरनेट प्लेटफर्महरू सिर्जना गरेर धेरै उद्यमहरूलाई फाइदा पुर्याएर र नवीनतालाई बढावा दिएर चीनको डिजिटल रूपान्तरणलाई थप उर्जा दिएको उल्लेख छ।

चाइना युनिकमका अध्यक्ष लिउ लिहोङले आगामी दुई वर्षभित्र आर्टिफिसियल इन्टेलिजेन्सले ५० प्रतिशत रोजगारीमा गहिरो प्रभाव पार्ने सम्भावना रहेकोले अर्को औद्योगिक क्रान्तिको शुरुवात हुने अनुमान गरेका छन्।

उद्योगहरूमा यसको व्यापक एकीकरणको साथ ५जी टेक्नोलोजीमा चीनको महत्त्वपूर्ण प्रगतिले विश्वव्यापी दूरसञ्चार पावरहाउसको रूपमा आफ्नो स्थितिलाई सुदृढ पार्दै प्राविधिक प्रगतिको लागि आफ्नो प्रतिबद्धताको उदाहरण दिएको उल्लेख छ।

ग्लोबलटाइम्सका अनुसार, चीनले ५जी नेटवर्कको गुणस्तर सुधार गर्ने, कभरेज विस्तार गर्ने र लागत घटाउने कार्यलाई प्राथमिकता दिँदै ६जी प्रविधिको अनुसन्धान र विकासलाई अगाडि बढाउन सक्रिय रूपमा ध्यान केन्द्रित गरिरहेको बताइएको छ।

प्रकाशित: ५ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार