१६ हजार २०८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट

  • Technology Khabar | ५ श्रावण २०८०, शुक्रबार
१६ हजार २०८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट

काठमाडौं ।

ब्रोडब्याण्ड परियोजना अन्तर्गत १६ हजार २०८ स्थानमा ब्रोडब्याण्ड इन्टरनेट  सेवा पुगेको छ। ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरेर नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको ब्रोडब्याण्ड परियोजना अन्तर्गत १६ हजार २०८ स्थानमा इन्टरनेट जडान भएको हो।

प्राधिकरणले ब्रोडब्याण्ड परियोजना २०७६ सालमा अघि बढाएको थियो ।  ब्रोडब्याण्ड परियोजना अन्तर्गत तोकिएका ७०८ स्थानीय तहका कार्यालयहरु, ५ हजार ९३३ वडा  कार्यालयहरु, ५ हजार ३१८ सामूदायिक माध्यमिक विद्यालय तथा ४ हजार २४९ सामूदायिक स्वास्थ्य संस्था तथा अस्पतालहरु गरि कुल १६ हजार २०८ स्थानहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गरिएको प्राधिकरणले जानकारी दिएको छ।

ग्रामीण दूरसञ्चार विकास कोष परियोजना परिचालन गरी  १८ प्याकेज  मार्फत ७४ जिल्लाका तोकिएका स्थानहरुमा  ‘ब्रोडब्याण्ड सेवा’ उपलब्ध गराउने प्राधिकरणकाे याेजना थियाे।

सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म १६ परियोजनाको अनुगमन तथा परीक्षणको काम सम्पन्न भइसकेको तथा दुइ ओटा परियोजनाको तेस्रो चरणअन्तर्गतको अनुगमन तथा परीक्षणको काम भइरहेको बताइएको छ।

उक्त परियोजना अन्तर्गत  काठमाडौं उपत्यकाका २१ वटा पालिकाको कार्यालयहरु मध्ये ३ गाउँपालिकाहरु ( महाङ्काल, कोन्स्योजोम र बागमती‌ ) मा दूरसञ्चार प्राधिकरणको कोषबाट ३ वटा पालिकाको कार्यालयहरु, १८ वटा वडा कार्यालयहरु, ८९ वटा सामूदायिक कार्यालयहरु तथा  २३ वटा सामूदायिक स्वास्थ्य संस्थाहरूमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान कार्य सम्पन्न भएको बताइएकाे  छ।

परियोजना अन्तर्गत ३ वटा महानगरपालिकाहरु ( पोखरा, भरतपुर र बिराटनगर ‌), ९ उपमहानगरपालीकाहरु , गाउँपालिका / नगरपालिकाको संरचनागत परिवर्तनका कारण ४५ वटा पालीकाको कार्यालयहरु भने ग्रामिण दूरसञ्चार कोष परिचालन गरि सञ्चालित ब्रोडब्याण्ड परियोजनामा समावेश नभएको उल्लेख छ।

उक्त ब्रोडब्याण्ड परियोजनालाई ५ अर्ब ६७ करोड ४६ लाख ९१ हजार रुपैयाँमा सम्पन्न गर्नेगरी प्राधिकरणले ठेक्का लगाइएको थियो। जेठसम्म उक्त परियोजनामा ५ अर्ब ४६ करोड ६ लाख ४० हजार ४२९ रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जानकारी दिएकाे  छ। यसलाइ हेर्दा परियोजनाकाे वित्तीय प्रगती ९६. २२ प्रतिशत भएको देखिन्छ।

सोही कोष परिचालन गरी भूकम्पबाट अति प्रभावित आठ जिल्ला  ( काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा ) का सबै स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्थामा क्षमता अभिवृद्धि गर्न तथा सम्पूर्ण आधारभूत विद्यालयमा गरी करिब चार हजार २५१ स्थानहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गर्ने प्राधिकरणको योजना छ। कम्तीमा २० एमबीपीएस क्षमताको नन डेडिकेटेड ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान गर्ने प्राधिकरणकाे जानकारीमा  उल्लेख छ।

त्यस्तै, ब्रोडब्याण्ड इन्टरनेट जडान गरी २ वर्ष सम्मको लागि महशुल बापतको रकम उपलब्ध गराउन पनि सम्बन्धित गाउँपालिका / नगरपालिकाहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरी कार्य अघि बढाइएको  बताइएकाे छ।

भूकम्पबाट अति प्रभावित आठ जिल्लाका सम्झौता गर्नु पर्ने ७६ स्थानीय तह मध्ये जेठ सम्म ७३ स्थानीय तहमा सम्झौता गरिएको बताइएकाे छ। यसलाइ हेर्दा कुल परियोजना सम्झौताको ९६.०५  प्रतिशत प्रगती भएको देखिन्छ।

साथै,  जडान कार्य सम्पन्न गर्नुपर्ने ७६ स्थानीय तहहरु मध्ये  २८ स्थानीय तहमा जडान कार्य सम्पन्न भएको पनि प्राधिकरणले जानकारी दिएकाे छ।यसलाइ हेर्दा कुल परियोजना सम्झौताको ३६.८४ प्रतिशत  मात्रै प्रगती भएको देखिन्छ।

साेही ब्रोडब्याण्ड परियोजना अन्तर्गत  ६४५ पालिकाको कार्यालय तथा वडा कार्यालयमा जडान कार्य सम्पन्न गर्नुपर्ने थियाे।  जसमध्ये २६१ पालिकाको कार्यालय तथा वडा कार्यालयमा जडान कार्य सम्पन्न भएको प्राधिकरणकाे जानकारीमा  उल्लेख छ।यसलाइ हेर्दा कुल परियोजना सम्झौताको ४०.४६  प्रतिशत मात्रै प्रगती भएको देखिन्छ।

त्यस्तै , सामूदायिक विध्यालयहरु तर्फ जडान कार्य सम्पन्न गर्नुपर्ने ३ हजार ११० मा १ हजार १४१ सामूदायिक विध्यालयमा जडान कार्य सम्पन्न भएको  बताइएकाे छ।यसलाइ हेर्दा कुल परियोजना सम्झौताको ३६.६८ प्रतिशत मात्रै प्रगती भएको देखिन्छ।

साेही परीयाेजना अन्तर्गत जडान कार्य सम्पन्न गर्नुपर्ने भनिएकाे करिब ५०० सामुदायिक स्वास्थ्य संस्था तथा अस्पतालहरु मध्येमा ३१८ सामूदायिक विध्यालयमा जडान कार्य सम्पन्न भएको बताइएकाे छ।यसलाइ हेर्दा कुल परियोजना सम्झौताको ६३. ६  प्रतिशत मात्रै प्रगती भएको देखिन्छ।

भुकम्प प्रभावित ८ जिल्लाहरु तथा काठमाडौँ उपत्यका बाहेकका ६६ जिल्लाहरुमा सम्झौता गर्नु पर्ने ६५६ स्थानीय तह मध्ये जेठ सम्म ३५३ स्थानीय तहमा सम्झौता गरिएको बताइएकाे छ।यसलाइ हेर्दा कुल परियोजना सम्झौताको ५३.८१  प्रतिशत मात्रै प्रगती भएको देखिन्छ।

सोही ठाउँका कार्य सम्पन्न गर्नु पर्ने ६५६ स्थानीय तह मध्ये जेठ सम्म ११२ स्थानीय तहमा कार्य सम्पन्न गरिएको बताइएकाे छ।यसलाइ हेर्दा कुल परियोजना सम्झौताको १७  प्रतिशत मात्रै प्रगती भएको देखिन्छ।

साेही परियोजना अन्तर्गत सोही ठाउँमा  कार्य सम्पन्न गर्नु पर्ने सामूदायिक आधारभूत विध्यालय  करिब २० हजार छ। यसमध्ये जेठ सम्ममा ३ हजार २३४ सामूदायिक आधारभूत विध्यालयमा कार्य सम्पन्न गरिएको प्राधिकरणकाे जानकारीमा उल्लेख छ। यसलाइ हेर्दा कुल परियोजना सम्झौताको १६.१७ प्रतिशत  मात्रै प्रगती भएको देखिन्छ।

प्रकाशित: ५ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार