गृहमन्त्री विरुद्ध भ्रामक प्रचार गर्ने प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतविरुद्ध साइबर ब्युरोमा उजुरी

  • Technology Khabar | ४ श्रावण २०८०, बिहीबार

काठमाडौं ।

उपप्रधानमन्त्री एवम गृहमन्त्री नारयणकाजी श्रेष्ठका सम्बन्धमा भ्रामक प्रचार गर्ने प्रेस चौतरी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।

बस्नेतले गृह मन्त्रीले ‘सुन पास’ गराएको भन्दै फेसबुक मार्फत भ्रामक प्रचार गरेकाले साइबर ब्युरोमा उजुरी दिइएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।

साथै सोही किसिमको भ्रामक समाचार लेख्ने जनबोली डटकमविरुद्ध पनि उजुरी परेको छ।

श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध साइबर ब्युरो र जनबोली डटकमविरुद्ध प्रेस काउन्सिलमा आज (बिहीबार) उजुरी दिएका हुन्।

बस्नेतले फेसबुक स्ट्याटसमार्फत भ्रामक सूचना सम्प्रेषण गरेको उजुरीमा उल्लेख छ। बस्नेतले फेसबुक स्ट्याटसमार्फत नारायणकाजी श्रेष्ठले सुन पास गराएको आरोप लगाएका छन्।

‘मलाई आएको सूचना यस्तो छ, ‘गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते।’ मैले सोधें–-कसरी? जवाफ आयो खोज्नोस्, सत्य यही हो।’ अब कसरी पत्याउनु? नारायणकाजी कमरेड जस्तो त्यागी, एक रुपैयाँ आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिँड्न सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर,’ उनले फेसबुकमा लेखेका थिए।

प्रकाशित: ४ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया