सामसङद्वारा संसारको पहिलो ३२ जीबीपीएस जीडीडीआर ७ डीआरएएम अनावरण

  • Technology Khabar | ४ श्रावण २०८०, बिहीबार

काठमाडौं ।

सामसङले भर्खरै आफ्नो अर्को पुस्ताको डीआरएएम मेमोरी चिप्सको घोषणा गरेको छ। कम्पनीको नवीनतम डीआरएएम मोड्युल उद्योगको पहिलो ग्राफिक्स डबल डाटा रेट ७ (जीडीडीआर ७) मेमोरी भएको र यस चिपले आफ्नो पूर्ववर्तीको भन्दा उल्लेखनीय अपग्रेडहरू प्रदान गर्नेछ।

दक्षिण कोरियाली टेक जायन्टको नयाँ घोषणाले नवीनतम मेमोरी प्रविधि ल्याएको हो। यसले गत वर्षको डीडीआर६ डीआरएएम मा प्रदर्शन गरिएको २४ जीबीपीएस लाई पार गर्दै डाटा स्पिड (गति) मा सुधारहरू प्रदान गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।

सामसङको नयाँ १६–गीगाबिट जीडीडीआर७ डीआरएएम को इन्टिग्रेटेड सर्किट डिजाइनमा भएको प्रगति र हाइयर स्पिडमा स्टेबल पर्फमेन्स ( उच्च गतिमा स्थिर कार्यसम्पादन) ले गर्दा यस चिपले कम्पनीलाई ग्राफिक्स बजारमा बढ्नको लागि मद्दत गर्ने छ। साथै ब्रान्डको जीडीडीआर७ डीआरएएम मोड्युलले पूर्णतया १.५ टीबीपीएस को साथ रेकर्ड सेट गरेको उल्लेख छ।

त्यसैगरी यस चिपले प्रति मिनेट ३२ जीबीपीएसको उच्च डाटा स्पीड प्रदान गर्ने दावी पनि गरेको छ। यस चिपको कार्यसम्पादनमा गरिएको सुधार बाहेक जीडीडीआर७ मोडल पुरानो जीडीडीआर६ मोड्युलको तुलनामा २० प्रतिशत बढी इनर्जी इफिसियन्ट रहेको छ।

मेमोरी उत्पादन टोलीका सामसङका कार्यकारी भीपी योङचुल बे ले जीडीडीआर७ डीआरएएमले वर्कस्टेसन, पीसी र गेम कन्सोल जस्ता उत्कृष्ट ग्राफिक्स पर्फमेन्सको आवश्यकता पर्ने क्षेत्रमा प्रयोगकर्ताको अनुभव बढाउन मद्दत गर्ने र भविष्यका एप्लिकेसनहरू जस्तै एआई, हाई–पर्फमेन्स कम्प्युटिङ (एचपीसी) र अटोमोटिभमा विस्तार हुने अपेक्षा गरिएको बताए।

प्रकाशित: ४ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया