सफ्टवेयरबाटै ट्राफिक उल्लङ्घनको रेकर्ड हेर्न सकिने

  • Technology Khabar | ४ श्रावण २०८०, बिहीबार
सफ्टवेयरबाटै ट्राफिक उल्लङ्घनको रेकर्ड हेर्न सकिने
Global IME Bank

काठमाडौं ।

मकवानपुर जिल्लामा ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ सफ्टवेयर सञ्चालनमा आएको छ ।

सवारी नियम उल्लङ्घन कसुरको जरि बानावापत राजस्व सङ्कलन गर्न प्रदेशगतरूपमा बैङ्किङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त प्रणाली सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्राफिक नियम उल्लङ्घनकर्ताले तिर्नुपर्ने जरिबाना इसेवा, कनेक्ट आइपिएस, फोनपे र राष्ट्रिय वाणिज्य बैङ्कबाट भुक्तानी गर्न सकिने ट्राफिक प्रहरी निरीक्षक वसन्त आचार्यले जानकारी दिए । अनलाइन प्रणाली लागु भएपछि पटके र कसुर बारे पनि सजिलै उक्त प्रणालीबाट थाहा पाउन सकिने उनले बताए ।

अनलाइन भुक्तानी गर्दा जरिबाना बापतको राजस्व सरकारी राजस्व खातामा जम्मा हुने छ। अब जरिबाना ट्राफिक प्रहरी कार्यालयमै गएर तोकिएको बैङ्कमा जम्मा गर्नुपर्ने बाध्यता हट्नेछ। गोरखापत्रबाट

प्रकाशित: ४ श्रावण २०८०, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया

ताजा समाचार