
काठमाडौं ।
उड्डयन कम्पनीले सन् २०२५ सम्ममा कार्बन उत्सर्जन नगर्ने विद्युतीय इन्जिन प्रयोग गरी व्यावसायिक उडानहरू सञ्चालन गर्ने योजना बनाएको छ।
जिरोएभियाले आफ्नो हाइड्रोजन इलेक्ट्रिक इन्जिनका साथ सिरेनसेस्टर कोट्सवोल्ड एयरपोर्टमा ९ परीक्षण उडान सम्पन्न गरेको छ।
हाइड्रोजन इन्जिनले उत्सर्जनको रुपमा पानी मात्र पैदा गर्छ।
जिरोएभियाका उपाध्यक्ष सर्गेई किसेलेभले इन्जिनले “उड्डायनको डेकार्बोनाइजेशन“ हासिल गर्न मद्दत गर्ने बताए।
अन्य एरोस्पोस कम्पनीहरुले पनि हाइड्रोजन इन्जिनबाट सञ्चालन हुने प्लेनहरु विकास गरिरहेका छन्। तर ती उत्पादनले सन् २०३५ अघि व्यवसायीक उडान सुरु गर्ने विश्वास गरिएको छैन।
यसले कसरी काम गर्छ?
ग्लुसेस्टरशायरमा आधारित कम्पनी आफ्नो अभियानमा छिटो अघि बढिरहेको छ। कम्पनीले पूर्ण रूपमा नयाँ विमान डिजाइन गरिरहेका छैनन्।
जिरोएभियाले डोर्नियर २२८ मा काम गरिरहेको छ। यो एक परम्परागत १९ सीटर विमान जसमा दुई प्रोपेलरहरू हुन्छ। र, यो सामान्यतया केरोसिन (मट्टितेल)द्वारा सञ्चालन हुन्छ।
यी मध्ये एउटा बिजुली इन्जिनद्वारा प्रतिस्थापित गरिएको छ, र बिजुली एक हाइड्रोजन ईन्धन सेल प्रयोग गरेर अन बोर्डमा उत्पन्न हुन्छ।
परीक्षण अवधिमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न अर्को इन्जिनमा केरोसिन इन्धन राखिएको छ।
तर प्रविधि प्रमाणित भएपछि दुवै इन्जिन हाइड्रोजन फ्युल सेलबाट बिजुलीमा चल्नेछन्।
नयाँ इन्जिनले सुरक्षा परीक्षणहरू मात्र पास गर्न आवश्यक छ, र कम्पनीले प्रमाणीकरण प्राप्त गर्न नागरिक उड्डयन प्राधिकरणसँग काम गरिरहेको छ।
परीक्षण पाइलट जोन किलरबीले एक पटक केरोसिन इन्जिन बिना विमान उठाएको बताएको बीबीसीले उल्लेख गरेको छ।
‘हामी परम्परागत इन्जिनमा थ्रोटल गर्न सक्छौं,’ उनले भने, ‘र हाइड्रोजन विद्युतीय प्रणालीमा विशुद्ध रूपमा उडान गर्न सक्छ। यसले विमानको स्तरमा उडान गर्न पर्याप्त थ्रस्ट उत्पन्न गर्दछ। यो वास्तवमै अचम्मको छ कि यसले कति राम्रोसँग काम गर्दछ।’
प्रकाशित: ४ श्रावण २०८०, बिहीबार