
काठमाडौं ।
वीरगन्ज महानगरपालिका वडा नं. ११ मा जडान गरिएको सीसीटीभी चोरी गर्ने एक युवा पक्राउ परेका छन्। सीसीटीभी चोरी गरेको आरोपमा महानगरको वडा नं. ३१ बेल्वा घर भई वडा नं. १३ बस्ने २२ वर्षका आशिषकुमार चौधरीलाई सामुदायिक सेवा केन्द्र मुर्लीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो।
चौधरीले त्रिमूर्ति हल पछाडि जडान गरिएको सीसीटीभी क्यामरा चोरी गरेको पाइएपछि उनको खोजी गरिएको थियो। मंगलबार विहान त्रिमूर्ति हल आसपासमा घुमिरहेको अवस्थामा उनलाई बोलाएर सोधपुछ गर्दा चोरी गरेको स्वीकार गरेको सेवा केन्द्रले जानकारी दिएको छ।
उनको डेरामा खानतलासी गर्दा सीसीटीभी क्यामरा फेला परेपछि आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको हो। पक्राउ परेका चौधरीलाई प्रहरीले हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।
प्रकाशित: ३ श्रावण २०८०, बुधबार