साथीसँग कफी पिइरहेको महिलामाथि खस्यो उल्कापिण्ड

  • Technology Khabar | ३ श्रावण २०८०, बुधबार
साथीसँग कफी पिइरहेको महिलामाथि खस्यो उल्कापिण्ड

काठमाडौं ।

पृथ्वीमा उल्कापिण्ड खस्ने घटनाहरु सार्वजनिक भईरहेका हुन्छन् तर यसपटक त्यो केहि अनौठोरुपमा भएको छ। फ्रान्समा एक महिलामाथि उल्कापिण्ड खसेको छ। घटनाको समयमा ती महिला आफ्नो साथीसँग कफी पिइरहेकी थिईन्। राम्रो कुरा के हो भने महिला गम्भीर घाइते भईनन्। सुरुमा महिला र उनको साथीले सिमेन्टको टुक्रा खसेको सोचे। शंका लागेपछि उनले विज्ञको सहयोग लिईन्। त्यसपछि मात्र थाहा भयो कि जुन टुक्रा महिलासँग ठोक्कियो त्यो उल्का पिण्ड हो।

फ्रान्सेली अखबार ले डेरनियरेस नोभेलेज डि एल्साके (Les Dernieres Nouvelles d’Alsace (DNA) ले घटनाको रिपोर्ट गरेको छ। जसअनुसार ती महिला आफ्नो साथीसँग छतमा कुराकानी गरिरहेकी थिइन्। दुबै जना कफी पिउँदै थिए। त्यसपछि महिलाको पाखुरामा रहस्यमय ढुङ्गा लाग्यो।

स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै महिलाले टेरेसमा आवाज सुनेको बताइन्। अर्को क्षण करङमा झट्का आयो । सुरुमा चमेरो जस्तो केही जनावर वा चरा हो भन्ने लाग्थ्यो। त्यसपछि त्यो चिज देखे, र सोचे कि त्यो सिमेन्टको टुक्रा हो। तर त्यसको कुनै रंग थिएन। यो घटना फ्रान्सको उत्तरपूर्वी भागमा पर्ने शिरमेकको कम्युनमा भएको बताइएको छ। महिलाको परिचय भने खुलाइएको छैन ।

घटना पछि, महिला र उनको साथी छत निर्माण गर्ने व्यक्तिको घर गए। उनले उक्त चिज सिमेन्टले नबनेको बताए। ती महिलाले रहस्यमय कुरा थियरी रेबम्यान नामक भूवैज्ञानिकलाई देखाइन्। र त्यसपछि यो उल्का पिण्ड हो भनेर पत्ता लाग्यो। बरामद गरिएका टुक्राहरू ४ औंस बराबर छन्। भूगर्भशास्त्रीहरूले पनि पुष्टि गरे कि यस्ता चीजहरू मानिसहरूसँग ठोक्किने क्रम धेरै दुर्लभ हुन्छन्।

न्युजवीकले नासालाई उद्धृत गर्दै भनेको छ कि दैनिक ५० टन उल्का पिण्ड पृथ्वीमा खस्ने अनुमान गरिएको छ, तर यसको अधिकांश भाग समुन्द्रमा खस्छ। पृथ्वीमा परे पनि यहाँको चट्टानबाट अलग रुपमा पहिचान गर्न गाह्रो हुन्छ, किनभने उल्का र चट्टान उस्तै देखिन्छन्।

समाचार रिपोर्टमा भनिएको छ कि ७० वर्षअघि अमेरिकामा उल्कापिण्ड मानिससँग ठोक्किएको पहिलो घटना सार्वजनिक भएको थियो । त्यसबेला अलाबामाकी एक महिलालाई ८ पाउण्ड तौलको उल्कापिण्डले ठक्कर दिँदा गम्भीर चोट लागेको थियो।

प्रकाशित: ३ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार