
काठमाडौं ।
एप्पलले रोलेबल (रोल गर्न मिल्ने) वा स्क्रोएबल (स्क्रोल गर्न मिल्ने) डिस्प्ले भएको डिभाइसको लागि पेटेन्ट दायर गरेको र भविष्यका उत्पादनहरू आईफोन, आईप्याड, टेलिभिजन, डेस्कटप डिस्प्ले र भेहिकल ड्यासबोर्डहरू लगायतले यो इनोभेसनलाई फिचर गर्न सक्ने उल्लेख गरिएको छ।
यूएस पेटेन्ट एण्ड ट्रेडमार्क अफिसले हालै मात्र प्याटेन्ट आवेदन प्रकाशित गरेको छ र सन् २०१४ मा सुरु भएको एप्पलको विस्तार योग्य डिस्प्लेको अन्वेषण जारी रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
एप्पलद्वारा रोलएबल डिस्प्लेहरूको अनुसन्धान
उक्त आविष्कारले डिस्प्ले भएको डिभाइसलाई इंकित गरेको र यसलाई भण्डारणको लागि रोल्ड–अप स्टेट (रोल गरिएको अवस्था) र हेर्नको लागि अनरोल्ड स्टेट (अनरोल गरिएको अवस्था) को बीचमा सिफ्ट गर्न सकिने बताइएको छ। अनरोल्ड स्टेट (अनरोल गरिएको अवस्था) मा डिस्प्ले प्लानर हुनेछ भने रोल्ड–अप स्टेट (रोल गरिएको अवस्था) मा यो भण्डारणको लागि रोलरमा एक्सीसाको वरिपरि बेरिने छ।
त्यसैगरी डिस्प्लेमा ईमेज प्रोडक्सनको लागि पिक्सेल एरे र ट्रान्सपेरेन्ट प्रोटेक्टिभ लेयर (पारदर्शी सुरक्षात्मक तह) हुन सक्ने बताइएको छ भने त्यसमा बेन्डिङ्ग (झुकाउन मद्दत गर्न)का लागि लोकल्ली थिन्ड ग्लासको तह समावेश हुन सक्ने उल्लेख छ।
प्रोटेक्टिभ लेयरको आउटवार्ड–फेसिङ्ग सर्फेस (सुरक्षात्मक तहको बाहिर फर्केको भाग/सतह) ले स्क्र्याचहरू निम्त्याउने वस्तुहरूको सम्भावित जोखिमलाई सहन सक्ने बताइएको छ। त्यसैगरी इनवार्ड–फेसिङ्ग सर्फेस भने सुरक्षित हुनुका साथै सर्फेस इरेगुलारिटिज (सतह अनियमितताहरू) को सम्भावनाहरु कम हुने बताईएको छ। एप्पलले डिस्प्लेलाई रोल गर्नको लागि कन्फिगर (डिजाइन) गरेर आउटवार्ड–फेसिङ्ग सर्फेसले कम्प्रेसिभ स्ट्रेस (तनाव) प्राप्त गर्ने गरी ग्लास लेयर क्र्याकिङ्ग रोक्ने योजना बनाएको छ। यसले रोल गर्दा डिस्प्लेमा क्षति पुर्याउनबाट कुनै पनि स्क्र्याचहरू रोक्न मद्दत गर्ने छ।
एलजी, ओप्पो र मोटोरोला जस्ता केही कम्पनीहरूले रोलेबल सेक्टरमा सक्रिय रूपमा अनुसन्धान गरिरहेको बताइएको छ। एलजीले धेरै खरिद गर्न मिल्ने रोलेबल टिभीहरू उत्पादन गर्नुका साथै रोलेबल फोनको योजनाको बारेमा पनि घोषणा गरेको छ। यद्यपि एलजीको रोलेबल फोन भने कहिल्यै पनि बजारसम्मा नपुगेको र कन्सेप्ट फोनले वास्तवमा मोटराइज्ड स्क्रिन एक्सटेन्सनको फिचरिङ्ग गरेको थियो।
अर्कोतर्फ, मोटोरोलाले मोबाईल वर्ल्ड कंग्रेसमा आफ्नो रोलेबल कन्सेप्ट फोन ‘मोटो रेजर’ प्रदर्शन गरेको थियो। यद्यपि, फोन अझै एक अवधारणा भएको र उपभोक्ता माझ बजारमा हिट हुन बाँकी नै रहेको भनी बताइएको छ।
साथै शाओमीले केही महिना अघि रोलेबल डिस्प्ले भएका स्मार्टफोनको पेटेन्ट गरेको थियो।
एप्पलले पेटेन्ट फाइल गर्नुको अर्थ तत्काल रोलेबल आईफोन आउँदैछ भन्ने होईन तर कम्पनीले रोलेबल डिस्प्ले प्रविधि अन्य उत्पादनहरूमा पनि लागू गर्न सक्ने छ।
केहि चर्चाहरूका अनुसार एप्पलले हाल फोल्डेबल म्याकबुकमा काम गरिरहेको छ र यो २०२६ मा लन्च हुने अपेक्षा गरिएको बताइएको छ।
प्रकाशित: ३ श्रावण २०८०, बुधबार