क्वान्टम कम्प्युटिङमा ब्रिक्ससँग मिलेर काम गर्ने योजनामा रुस

  • Technology Khabar | ३ श्रावण २०८०, बुधबार
क्वान्टम कम्प्युटिङमा ब्रिक्ससँग मिलेर काम गर्ने योजनामा रुस

काठमाडौं ।

क्वान्टम कम्प्युटिङमा ब्रिक्ससँग मिलेर काम गर्ने रुसले चाहना व्यक्त गरेको छ।

क्वान्टम कम्प्युटिङमा भारतसँग मिलेर काम गर्ने योजनामा रुसरूस क्वान्टम सेन्टर (आरक्यसी),  रूसको गैर(सरकारी संस्था, सार्वजनिक सेवाहरूको लागि क्वान्टम एप्लीकेसन र हार्डवेयर निर्माण गर्ने योजनाको रूपमा ब्रिक्स राष्ट्रहरुको शैक्षिक र अनुसन्धान संस्थानहरूसँग साझेदारी गर्न खोजिरहेको आरक्यसीको प्रमुख कार्यकारी तथा सह(संस्थापक रुस्लान युनुसोभले बताएको लाइभमिन्टले उल्लेख गरेको छ।

उनले ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) फोरममा रुसी सरकारले आधिकारिक रूपमा यो विषय उठाउने बताए।

‘हामीले अहिलेसम्म कुनै आधिकारिक सम्झौता र साझेदारीमा हस्ताक्षर गरेका छैनौं। यद्यपि, अर्को वर्ष, हामी ब्रिक्सको प्लेटफर्ममा यसबारे छलफल गर्नेछौं। हामीले वैज्ञानिकहरू बीच आपसी सहयोगका लागि सम्भावित विचारहरू राखेका छौं र छलफल गरेका छौं, र हाम्रा देशहरू बीच ठूलो पारस्परिक चासो छ,’ युनुसोभले भने।

उनले जुलाई १३ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थितिमा फ्युचर टेक्नोलोजी फोरममा यस्तो बताएका हुन्।

‘रूसले अर्को वर्ष ब्रिक्सको अध्यक्षता समालेपछि पछि, हामी हाम्रा साझेदारहरूसँग अत्याधुनिक कम्प्युटिङ टेक्नोलोजी, साथै डाटा प्रोसेसिङ, भण्डारण र प्रसारण प्रविधिहरू सहित धेरै महत्वपूर्ण क्षेत्रमा यस प्रकारका विशेष परियोजनाहरू छलफल गर्ने अपेक्षा गर्दछौं,’ पुटिनले भने।

उनले २०३० को लागि ‘राष्ट्रिय प्रविधि परियोजना’ को प्रस्ताव पनि गरे, जसमा रुसको क्वान्टम टेक्नोलोजी विकासको लागि रोडम्याप स्थापना गरिने समावेश छ।

यस विषयलाई विस्तृतमा बताउँदै आरक्यूसीका प्रिन्सिपल इन्भेस्टिगेटर एलेक्से अकिमोभले त्यहाँ धेरै सहयोगी क्षेत्रहरू छन् जसमा रूस क्वान्टम कम्प्युटिङ क्षमताहरू निर्माण गर्न भारतसँग ध्यान केन्द्रित गर्न इच्छुक रहेको बताए।

प्रकाशित: ३ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...