हार्ले–डेभिडसनको नयाँ इलेक्ट्रिक मोटरसाइकलले ११३ माइलको रेञ्ज दिने

Technology Khabar ३ श्रावण २०८०, बुधबार

काठमाडौं ।

हार्ले–डेभिडसनको इलेक्ट्रिक डिभिजनको स्पन आउट कम्पनी लाइभवायरले आफ्नो एस२ डेल मार ई–मोटरसाइकलको घोषणा गरेको छ। १०३ माइल प्रति घण्टाको उच्च गतिका साथै ८४ हर्सपावर (६३ किलोवाट) रहेको यस आगामी बाइक ३.० सेकेन्डमा शून्यबाट ६० माइल प्रति घण्टामा जान सक्नेछ भने यस बाइकको मूल्य १५,४९९ अमेरिकी डलर हुने इनग्याजेटमा उल्लेख गरिएको छ।

कम्पनीले यस वर्षको सुरुमा प्रारम्भिक एस२ डेल मारको स्पेक्सको बारेमा घोषणा गरेको र आधिकारिक विवरणहरूले केही अपेक्षाहरूलाई पार गरेको उल्लेख छ। उदाहरणका लागि, लाइभवायरले बाइकमा ११०–माइल सिटी रेन्ज हुने बताएको भएतापनि अब यस बाइकलाई सिङ्गल चार्जमा ११३ माइल अर्बन राइडको लागि मूल्याङ्कन गरिएको उल्लेख छ।

साथै बाइकको ३.० सेकेन्ड एक्सेलेरेसन शून्यदेखि ६० माइल प्रति घन्टा मूल रूपमा विज्ञापित ३.१ सेकेन्ड भन्दा थोरै छिटो भएको बताइएको छ। यसको अतिरिक्त, बाइकको पहिले भनिएको १८४–पाउन्ड–फुट टर्क रेटिङ्ग अब १९४ एफटी–एलबी भएको उल्लेख गरिएको छ।

एस२ डेल मार अपेक्षित भन्दा अलि भारी भएको र लाइभवायरले अप्रिलमा घोषणा गरेको ४३१ पाउण्डको विपरीत यो अब रनिङ्ग अर्डरमा ४३६ पाउण्डको रूपमा सूचीबद्ध भएको छ। साथै यस अघि उल्लेख गरिएको प्रारम्भिक ७५ मिनेटको तुलनामा लेभल २ चार्जिङ्ग (यसको ब्याट्रीलाई २० प्रतिशतदेखि ८० प्रतिशतसम्म पुर्याउनका लागि) अब ७८ मिनेटमा सूचीबद्ध गरिएको बताइएको छ। यद्यपी बाइकले अझै पनि फास्ट चार्जिङ्गलाई समर्थन नगर्ने र लेभल १ र लेभल २ क्षमताहरूमा नै सीमित भएको उल्लेख छ।

यसका साथै एस२ डेल मारलाई लामो दूरीको लागि भन्दा पनि कम्युटर मोटरसाइकलको रूपमा बनाइएको हुनाले यसलाई ७० माइल प्रति घण्टाको ड्राइभिङ्गमा ४३ माइलको सस्टेन्ड हाईवे (स्थायी राजमार्ग) र हाईवे/सिटी (राजमार्ग/सहर) को संयुक्त रुपमा ७० माइल प्रति घण्टामा चलाउँदा ६२ माइलको दायरा प्रदान गर्ने मूल्याङ्कन गरिएको छ। साथै यसलाई ५५ माइल प्रति घण्टामा ड्रप गरिएको (झारिएको) खण्डमा भने यसको हाईवे (राजमार्ग) रेन्ज ७० माइल र हाईवे/सिटीको संयुक्त रेन्ज ८६ माइल हुने मूल्याङ्कन गरिएको उल्लेख छ।

बाइकमा चार इन्चको राउन्ड स्क्रिन रहेको र उक्त स्क्रिन यूएसबी–सी मार्फत फोनमा जडान हुनुका साथै एपमा आधारित नेभिगेसन पनि समर्थन गर्ने बताइएको छ।

यस बाइकको रिलीज मिति अझै सम्म थाहा नभएको र लाइभवायरले अमेरिकी लन्च जुलाई महिनाको लागि लक्षित गरेको छ।

प्रकाशित: ३ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया