राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

  • Technology Khabar | २ श्रावण २०८०, मंगलवार
राष्ट्रिय आविष्कार केन्द्रलाई भीमसेन थापा पुरस्कार

काठमाडौं ।

यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ।

राष्ट्रिय विभूति थापा स्मृति प्रतिष्ठानको आज बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको हो।

प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वर तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भीमसेन थापाको २४९औँ जन्मजयन्तीको अवसरमा यही साउन ९ गते उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका महासचिव लक्ष्मण थापाले जानकारी दिए।

उक्त पुरस्कारको राशि रु. एक लाख रहेको छ। गत वर्ष उक्त पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो। रासस

प्रकाशित: २ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Lost In Mandala’: Nepal’s first animated feature film to reach audiences through Apple Entertainment

  • Technology Khabar
  • २ श्रावण २०८०, मंगलवार