सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा बीवाइडीका ८ इलेक्ट्रिक भेहिकल सहयोग

  • Technology Khabar | २ श्रावण २०८०, मंगलवार
सङ्घीय संसद् सचिवालयलाई चीनद्वारा बीवाइडीका ८ इलेक्ट्रिक भेहिकल सहयोग

काठमाडौं ।

चीन सरकारले संघीय संसद् सचिवालयलाई सहयोगस्वरुप आठ यूनिट अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराएको छ।

एक वर्षअघि नेपाल भ्रमणमा आएका चीनको जनकांग्रेसका स्थायी समितिका अध्यक्ष लि चान्सुले तत्कालीन सभामुख अग्निप्रसाद सापकोटासँगको भेटमा सचिवालयलाई सहयोग गर्ने प्रतिबद्धताअनुरुप ती सवारी साधन प्राप्त भएको हो।

अध्यक्ष चान्सुको सहयोग गर्ने चाहना तथा तत्कालीन सभामुख सापकोटाको पहल र अनुरोधमा तीन यूनिट एयुभी र पाँच यूनिट विद्युतीय कार प्राप्त भएको राज्य व्यवस्था तथा सुशासन समितिका सचिव सुरजकुमार दुराले जानकारी दिए।

करिब तीन करोड रुपैयाँ बराबरका ती सवारीसाधन चीनले केही दिनअघि संसद् सचिवालयका कर्मचारी टोलीलाई नेपाल–चीन सीमा नाका केरुङमा हस्तान्तरण गरेको थियो।

हाल ती सवारी साधन संसद् भवन परिसरमा रहेको र नम्बर प्लेट र दर्ताको काम भइरहेको जानकारी दिइएको छ। यसअघि चीनले सन् २०१६ मा पनि सचिवालयलाई सहयोगस्वरुप केही सवारी साधान उपलब्ध गराएको थियो।

विसं २०७९ भदौ २७ देखि नेपाल भ्रमणमा आउँदा भएको भेटघाटका सिलसिलामा भएको कुराकानीपछि सहयोग गर्ने चाहना राखेपछि सचिवालयले उक्त प्रस्ताव गरेको थियो।

प्रकाशित: २ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Lost In Mandala’: Nepal’s first animated feature film to reach audiences through Apple Entertainment

  • Technology Khabar
  • २ श्रावण २०८०, मंगलवार