फक्सवानका गाडीको पहिलो सेल्फ ड्राइभिङ परीक्षण जर्मनीमा सञ्चालन गरिने

Technology Khabar २ श्रावण २०८०, मंगलवार

काठमाडौं ।

फक्सवान कमर्शियल भेहिकलले आफ्नो सेल्फ ड्राइभिङ कारहरूको सडक परीक्षण शुरु गर्ने घोषणा गरेको छ।

कम्पनिले ठूलो प्रगति गरेको तथा हाल फक्सवागन आइडी.बज एडी सेल्फ ड्राइभिङ कार ठूलो उत्पादनको लागि तयारी स्थितिमा रहेको पनि बताइएको छ।

यसकाे चाँडै नै पहिलो पटक सडकमा परीक्षण गरिने छ। कम्पनीले यसलाई कसरी नियन्त्रण गर्न सकिनेछ भनेर देखाउन परीक्षणमा राजनीति, व्यवसाय र मिडियाका महत्त्वपूर्ण व्यक्तिहरूलाई आमन्त्रित गर्ने उल्लेख छ।

यसैगरी फक्सवागनले अस्टिन, टेक्सास, संयुक्त राज्य अमेरिकामा एक स्वायत्त ड्राइभिङ परीक्षण कार्यक्रम पनि सुरु गरेको छ। तिनीहरू युरोपेली तथा उत्तर अमेरिकी सहरहरूमा विशेष गरी शेयर्ड मोबिलिटी सोल्यूसन र यातायात सेवाहरूको लागि व्यावसायिक उद्देश्यका लागि यो प्रविधि प्रयोग गर्न कडा मेहनत गरिरहेका उल्लेख छ।

पहिले, फक्सवागनले आफ्नो सेल्फ-ड्राइभिङ आईडी बजको लागि अर्को कम्पनीको प्रविधि प्रयोग गर्न चाहेकोमा अब आफ्नो पार्टनर, मोबिलिएसँग सहकार्य गर्दै आईरहेको छ। अर्को तीन वर्षमा, तिनीहरूले अस्टिन र अन्य चारओटा अमेरिकी शहरहरूमा यी सेल्फ-ड्राइभिङ कारहरूको परीक्षण गर्ने बताइएको छ।

सन् २०२६ सम्ममा चालकविहीन ट्याक्सी सेवा सुरु गर्ने आशा गरिएकाे छ भने थ्री लेभल आइडी बज सन् २०२४ मा अमेरिकामा उपलब्ध हुने बताइएकाे छ।

सबै सेल्फ-ड्राइभिङ कारहरूले सुरक्षा मापदण्डहरू पालना गर्ने तथा उन्नत क्यामरा, राडार र लाइडार प्रविधिहरू रहेका छन्।

प्रकाशित: २ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया