सामसङले भारतको अहमदाबादमा खोल्यो आफ्नो पहिलो प्रिमियम एक्सपिरियन्स स्टोर

Technology Khabar २ श्रावण २०८०, मंगलवार

काठमाडौं ।

सामसङले भारतको गुजरातको अहमदाबादस्थित प्यालेडियम मलमा आफ्नो पहिलो प्रिमियम एक्सपिरियन्स स्टोरको उद्घाटन गरेको छ।

अहमदाबादको थलतेज क्षेत्रमा अवस्थित रहेको यो नयाँ स्टोर ३,५०० वर्ग फुट ठाउँमा फैलिएको र देशको पश्चिमी राज्यमा सामसङको सबैभन्दा ठूलो स्टोर भएको उल्लेख छ।

ग्राहकहरूले यस प्रिमियम एक्सपिरियन्स स्टोरमा कम्पनीको कनेक्टेड इकोसिस्टम जोनहरु मार्फत स्मार्टथिङ्गस, स्मार्टफोन्स, ल्यापटप्स, गेमिङ्ग, अडियो र लाईफस्टाइल टेलिभिजनहरू जस्ता सामसङको सम्पूर्ण प्रोडक्ट रेञ्ज (उत्पादन दायरा) हरु अनुभव गर्न र खरिद गर्न सक्ने जीएसएमएरिनामा रिपोर्ट गरिएको छ।

त्यसैगरी स्टोरमा सामसङ मोनिटर्सको प्रिमियम रेञ्ज प्रदर्शन गर्ने डेडिकेटेड गेमिङ्ग जोन पनि रहेको छ।

सामसङले आफ्ना ग्राहकहरूलाई आफ्नो सामसङ स्टोरका साथसाथै उक्त प्लेटफर्म मार्फत “फिजिटल” अनुभव पनि प्रदान गर्ने उल्लेख गरिएको छ। यसमार्फत ग्राहकहरूले डिजिटल किओस्क प्रयोग गरेर सामसङको पोर्टफोलियोमा सामसङ उत्पादनहरू चाहे अनलाइन वा अफलाइन उपलब्ध भएता पनि ब्राउज गर्न अनुमति दिने उल्लेख गरिएको छ।

त्यसैगरी ग्राहकहरूले एक्सपिरियन्स स्टोरबाट सामसङ उत्पादनहरू अनलाइन अर्डर गरेर होम डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन्। साथै ग्राहकहरूले आफ्नो स्मार्टफोनको आफ्टर–सेल्स सेवाहरू र आफ्ना उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरूको लागि घरमै बुक सेवा कलहरू पनि प्राप्त गर्न सक्ने उललेख गरिएको छ।

प्रिमियम एक्सपिरियन्स स्टोर खोलेको पहिलो हप्तामा भ्रमण गर्ने ग्राहकहरूले २०,००० भारु (२४५ अमेरिकी डलर) र उक्त मूल्य भन्दा माथिको खरिदमा निश्चित उपहारहरू प्राप्त गर्नुका साथै २ एक्स लोयल्टी पोइन्टस र ग्यालेक्सी बड्स२ टीडब्ल्यूएस इयरफोनहरू २,९९९ भारु (३५ अमेरिकी डलर/३० युरो) मा खरिद गर्न सक्ने उल्लेख गरिएको छ। यस बाहेक अन्य छुट सुबिधाहरु समेत दिईएकोछ।

सामसङले डिजिटल आर्ट, डूडलिङ, फोटोग्राफी, भिडियोग्राफी र फिटनेसमा केन्द्रित उपभोक्ताहरूका लागि ‘लर्न २ सामसङ’ कार्यक्रम अन्तर्गत यस स्टोरमा विभिन्न ग्यालेक्सी कार्यशालाहरू पनि आयोजना गर्ने उल्लेख छ।

प्रकाशित: २ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया