नयाँ चिप एम३ मा आधारित म्याक उपकरणहरू यस वर्ष लन्च हुने अपेक्षा

Technology Khabar २ श्रावण २०८०, मंगलवार

काठमाडौं ।

एप्पलले अर्को पुस्ताको एप्पल सिलिकन चिप्समा काम गरिरहेका बेला कुपर्टिनोमा आधारित टेक जायन्टले आगामी महिनाहरूमा नयाँ एप्पल एम ३ चिप द्वारा संचालित उपकरणहरू रिलीज गर्न तयारी गरिरहेको छ।

ब्लूमबर्गको लागि आफ्नो पावर अन न्यूजलेटरमा मार्क गुरम्यानको पछिल्लो रिपोर्ट अनुसार, एप्पलले यस वर्ष अक्टोबरमा एम ३ चिपद्वारा संचालित नयाँ म्याक उपकरणहरू लन्च गर्न सक्ने उल्लेख छ। एप्पलले एम ३ प्रोसेसरद्वारा संचालित नयाँ आईम्याक र १३ इन्च म्याकबुक एयर, र म्याकबुक प्रो, लन्च गर्न सक्ने उनले उल्लेख गरेका छन्।

एम ३ मा संचालित डिभाइसहरू गत महिना सुरु भएको एम २ अल्ट्राद्वारा संचालित उपकरणहरू सँगै आउन सक्ने बताइएको छ। चिप्सको एम २ लाइनअप आपूर्ति श्रृंखला इस्यूहरूको कारणले ढिलाइ भएको अनुमान छ।

एप्पल सिलिकन एम ३ प्रोसेसरको लागि, चिपमा यसको पूर्ववर्ती जस्तै कोर गणनाहरू हुने अपेक्षा गरिएको छ। तर परिष्कृत कार्यसम्पादन र दक्षताका साथ चिपसेट नयाँ ३ नानोमिटर (३ एनएम) फेब्रिकेशन प्रक्रिया प्रयोग गरेर निर्माण भइरहेको उल्लेख छ।

यद्दपी, कम्पनीले नयाँ एम ३ चिप र यसद्वारा संचालित उपकरणहरूको लागि प्रक्षेपण कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ वा प्रेस विज्ञप्ति मार्फत घोषणा गर्नेछ भन्ने बारे अझै पनि पुष्टि भएको छैन।

यसैबीच,  एप्पलले सेप्टेम्बर महिनामा आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन र स्मार्टवाचको लागि तयारी गरिरहेको छ। कम्पनीले एप्पल वाच सिरिज ९ सँगसँगै एप्पल आईफोन १५ र आईफोन १५ प्रो लाईनअप लन्च गर्ने उल्लेख छ।

प्रकाशित: २ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया