सोनीको नयाँ एपीएस–सी मिररलेस क्यामरा, २६ मेगापिक्सेल र एआई–पावर्ड अटोफोकससहित अनावरण

Technology Khabar १ श्रावण २०८०, सोमबार

काठमाडौं ।

सोनीले अन्ततः चार वर्षपछि नयाँ एपीएस–सी क्यामरा लन्च गरेको छ। कम्पनीले शुक्रबार २६ मेगापिक्सेल सेन्सर र एआई–पावर्ड अटोफोकस भएको नयाँ ए६७०० एपीएस–सी मिररलेस क्यामरा घोषणा गरेको हो। साथै उक्त नयाँ ए६७०० एपीएस–सी मिररलेस क्यामरा अझ महँगो ए७आर भी क्यामरा जस्तै समान रहेको उल्लेख छ।

उक्त नयाँ शूटर फोर के १२०पी भिडियो, एक्टिभ मोड स्टेबलाईजेसन र एआई अटो–फ्रेमिङको साथ आउनुका साथै भ्लगिङको लागि उपयुक्त रहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।

बाहिरी रुपमा ए ६७०० लगभग चार वर्ष पुरानो अल्फा ६६०० जस्तै देखिने भएता पनि यस नयाँ ए६७०० भित्र धेरै उल्लेखनीय अपग्रेड गरिएको छ। क्यामेरा धेरै ठूलो नभएको र ब्याट्री र रेकर्डिङ्ग मिडियाको साथ यसको तौल ४९३ ग्राम मात्र भएको बताइएको छ।

यस नयाँ क्यामारा ए६७०० मा ३ः२ एपीएस–सी २६ एमपी ब्याक–इलुमिनेटेड सीएमओएस एक्समोर आर ४के सेन्सर फिचर गरिएको छ। त्यसैगरी यस क्यामाराले २६ मेगापिक्सेल रिजोलुसनको स्टिल ईमेजेज खिच्न सक्छ। साथै १६ः९ रेसियोमा भिडियो रेकर्ड गर्दा १९.९ मेगापिक्सेलको अधिकतम रिजोल्युसन उपलब्ध हुने बताइएको छ। यस नयाँ सोनी क्यामराले कुनै पिक्सेल बाईनिङ्ग वा लाइन स्किपिङ्ग नभएको सुनिश्चित गर्दै ६के ईमेज (५९७६×३३५६) लाई ओभरस्याम्पल गरेर ६०पी सम्म यूएचडी भिडियो (३८४०×२१६०) रेकर्ड गर्न सक्षम रहेको उल्लेख गरिएको छ।

सोनी ए६७०० मा पनि प्रिमियम ए७आर भी मोडलमा उपलब्ध भएको जस्तै रियल–टाइम रिक्गनिसन अटोफोकस फिचर्सको प्रभावशाली दायरा रहेको बताइएको छ। यसले व्यक्ति, कार, रेल, कीरा, चरा, घरपालुवा जनावर र हवाईजहाजलगायत विभिन्न विषयहरूलाई सहीरूपमा पहिचान गर्न र ट्र्याक गर्न क्यामरालाई सक्षम बनाउने बताइएको छ। यस नयाँ ए६७०० वेदर (मौसम) सिलिङ्गबाट सुसज्जित रहनुका साथै फाइभ–एक्सिस इन–बडी ईमेज स्टेबलाईजेसन र पूर्ण कभरेज प्रदान गर्ने ईभिएफ पनि समावेश गरिएको बताइएको छ।

यसबाहेक, क्यामरामा यूएसबी ३.२ जेन २ पोर्ट रहेको र यस पोर्टले हाई–स्पिड ट्रान्सफर्स (उच्च–गति स्थानान्तरण) र यूएसबी पावर डेलिभरी सक्षम गर्ने उल्लखे छ। यसमा माइक्रो एचडीएमआई पोर्टका साथै डेडिकेटेड हेडफोन र माइक्रोफोन पोर्टहरू पनि रहेको छ। साथै ए६७०० क्यामराको ब्याट्री लाइफको बारेमा कुरा गर्दा, यसले एक चार्जमा ५७० सटहरू खिच्न सक्ने उल्लेख छ।

सोनी ए६७०० को मूल्य १,३९९ अमेरिकी डलर रहेको छ। सोनीका अनुसार यो नयाँ क्यामरा २०२३ पछि मात्र आउनेछ।

प्रकाशित: १ श्रावण २०८०, सोमबार

तपाइको प्रतिक्रिया