
काठमाडौं ।
टेस्लाले स्पष्ट रूपमा अमेरिकाको इलेक्ट्रिक भेहिकल मार्केटमा आफ्नो प्रभुत्व जमाएको छ। कम्पनीले यस वर्षको पहिलो अर्धवार्षिकमा क्षेत्रको दुई तिहाइभन्दा बढी बजार हिस्सा कब्जा गरेको छ।
एक डाटाले यस वर्षको दोस्रो त्रैमासिकमा अमेरिकी ईभी जायन्टले १ लाख ७५ हजार २६२ सवारीसाधन बेचेको खुलासा गरेको छ। जसअनुसार, सन् २०२३ को दोस्रो त्रैमासमा कम्पनीको बजार हिस्सा ५९.३ प्रतिशत रहेको उल्लेख छ।
त्यसैगरी हालसम्म कम्पनीको बिक्री ३ हजार ३६ हजार ८९२ इकाइमा पुगेको र यसले मूलतया अमेरिकी ईभी बजारको ६८.८ प्रतिशत ओगटेको बताइएको छ। साथै इलन मस्कले पनि उक्त ट्विटको रिप्लाई (जवाफ) दिँदै बजार हिस्सा ६९ प्रतिशत रहेको जानकारी दिएको उल्लेख छ।
यसले उल्लेखनीयरूपमा दोस्रो त्रैमासिकको वार्षिक वृद्धि दरको रूपमा ३४.८ प्रतिशत र वार्षिक वृद्धि दरको आधारमा हेर्दा पहिलो अर्ध वार्षिकमा २९.७ प्रतिशत वृद्धि भएको उल्लेख छ।
तथ्याङ्क अनुसार टेस्ला पछि सबैभन्दा नजिकको अटोमोबाइल निर्माता जीएम भएको र यस कम्पनीको केवल ६.५ प्रतिशत बजार हिस्सा रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ। त्यसै कारणले टेस्लाले अझै पनि आफ्नो निकटतम प्रतिद्वन्द्वी बीच ठूलो अन्तरको साथ स्पष्टरुपमा अमेरिकाको बजारको नेतृत्व गरिरहेको बताइएको छ।
साथै विश्वव्यापी स्तरमा एक प्रमुख खेलाडी मानिएको कम्पनी अझै विस्तार गर्ने योजनामा रहेको उल्लेख छ। कम्पनीले भारतमा आफ्नो इलेक्ट्रिक कारहरु बिक्री गर्नका लागि कारखाना स्थापना गर्न खोजिरहेको छ।
प्रकाशित: १ श्रावण २०८०, सोमबार